बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
समाचार

मोडलिङमा करिअर खोज्दै इना

  • सिधा दृष्टी बुधबार, मंसिर १९, २०७५ | December 5, 2018

काठमाडौं । पछिल्लो समय ग्ल्यामरस क्ष्ँेत्र युवापुस्ताको रोजाइ बन्दै गएको छ । यस्तै, मोडलिङमा संघर्षरत इना सांगाछेँको लक्ष्य फिल्मकी नायिका बन्नु हो । अध्ययनसँगै नृत्य प्रक्षिशकको भूमिका निवाह गरिरहेकी दुधपाटी भक्तपुरकी १८ वर्षीया इना सानैदेखि नृत्यमा तथा विशेषगरी चर्यानृत्यमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्दै आएकी छन् ।
६ बर्षकै उमेरदेखि नृत्य सिकेकी बताउँने उनले कला मण्डपका नृत्य गुरु मिन बज्राचार्य र नेपाल सांस्कृतिकका महेश हाडासँग चर्या नृत्यको प्रक्षिक्षण लिएकी छ । उनी भन्छिन्, ‘म नृत्य र अभिनयमा दख्खल बनाएरै

यो क्षेत्रमा आएकी हुँ ।’ साथै, फेशनलाइनका सुरज लिम्बुसँग उनले हिपहप र ब्रेक तथा बिबोईङ डान्स अमन कपालीसँग सिकेकी उनी बताउँछिन् ।
सिभिल इञ्जिनियरिङमा डिप्लोमा गरिरहेकी उनी आफूमा भएको अन्र्तनिहित प्रतिभा देखाउन ग्ल्यामर फिल्ड प्रवेश गरेको बताउँछिन् । ५ फिट ५ इन्च उचाईकी इनाले भनिन्, ‘म म्युजिक भिडियो तथा चलचित्रमा अवसरको खोजीमा छु ।’
उनले मोडलिङमा करिअर बनाउनकै लागि आर्टिस्ट नेपालमा फोटोसुट गराएको बताएकी छन् । उनले भनिन्, ‘अहिले पनि अवसरको खोजीमा छु ।’ उनले अवसर पाएमा आफ्नो क्षमता कतामार्फत देखाउने बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय