मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
समाचार

सहमति कार्यान्वयन गर्न चीन तयार

  • सिधा दृष्टी बुधबार, मंसिर १९, २०७५ | December 5, 2018

बेइजिङ, (एपी) । चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकास“ग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको सहमतिका बारेमा भने विस्तृत विवरण दिन चीनले अस्वीकार गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । चीनको मौनताले गत सप्ताहान्तमा भएको सहमतिमा

आशंका उत्पन्न गराएको छ ।
बुधबार चीनको बाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहमति भएका विषयलाई चीनले तत्काल कार्यान्वयन गर्नेछ, र यो कार्य जति छिटो भयो त्यति राम्रो हुनेछ ।’ तथापी मन्त्रालयको विज्ञप्तिमा सहमति भएका विषयहरु खुलाइएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय