बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • श्रमजीवी पत्रकार ऐन लागू गर्न दबाब
फिचर न्युज 1

श्रमजीवी पत्रकार ऐन लागू गर्न दबाब

  • सिधा दृष्टी मङ्लबार, मंसिर ११, २०७५ | November 27, 2018

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ ।
मंगलबारको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लोपटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासंघले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले बताए ।
महासंघले सबै सञ्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र गराउन नेपाल सरकारलाई आह्वानसमेत गरेको छ । बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकालाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक

विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
बैठकले स्थानीय प्रदेश सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून निर्माण नगर्न आग्रह गरेको छ । स्थानीय तह र प्रदेश सरकारले आफैँ सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णय गरकोप्रति पनि महासंघले आपत्ति जनाएको छ ।
बैठकले महासंघका प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन आगामी ४ र ५ पुसमा मोरङको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको महासचिव विष्टले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय