• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख ३१, २०७८ | Friday 14th May 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • सरकार जनताको भविष्य सुरक्षित तल्लीन छ : प्रधामन्त्री
फिचर न्युज 1

सरकार जनताको भविष्य सुरक्षित तल्लीन छ : प्रधामन्त्री

  • ishwor मङ्लबार, मंसिर ११, २०७५ | November 27, 2018
yoho2

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार राजधानीमा पहिलो सामाजिक सुरक्षा दिवसको उद्घाटन गर्दै ‘ह“ुदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिंगो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको’ बताएका हुन् ।
कार्यक्रममा उनले भर/अभरमा सुरक्षा दिने र श्रम गरेवापत उचित पारिश्रमिक दिने राज्य नियन्त्रणकारी संस्था मात्रै नभई आफ्ना नागरिकको अभिभावक भएको स्पष्ट समेत पारे । प्रधानमन्त्री ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नै

Real Shoes 1

सबैका लागि र सबैका सहभागितामा सामाजिक सुरक्षाको योजना सञ्चालन गर्ने बताएको स्मरण गर्दै भने, ‘आजभन्दा २५ वर्ष अघि हामीले नै पहिलो चोटि अल्पमतको सरकार बनेका बेला ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाको नयाँ प्रणाली थालेका थियौँ । त्यो एउटा दलको सरकारले एक आर्थिक वर्ष वा एक कार्यकालमा सीमित हुने गरी ल्याएको एउटा आर्थिक सहायताको कार्यक्रम थिएन, एक चोटि सुरु भएपछि निरन्तरता पाउने प्रकृतिको सामाजिक प्रणालीको थालनी थियो ।’
वृद्धभत्ता वितरण सुरु गर्दा कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भंग गरेको जस्ता अनावश्यक र गैरजिम्मेवार आरोप लगाइने गुनासो गर्दै प्रधानमन्त्री ओलीले भन्ने, ‘कतिले यसलाई बुझेनन् । कतिले यसलाई कम्युनिष्ट सर्वसत्तावादी कार्यक्रम ठाने । कतिले यसलाई बुझेर पनि बुझ पचाए ।’
सरकारी सेवामा रहेकालाई ‘मान र मानो’ दुवै दिने तर अन्य सेवामा रहेकालाई बेवास्ता गरिने प्रचलनलाई सुधार्ने प्रयास थालिएको जानकारी दिँदै उनले श्रमको सम्मान गर्न र सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्न आधुनिक सभ्य समाजअनुरुप सिंगो समाज मिली सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गरिएको बताए ।
प्रधानमन्त्रीले भने, ‘यो नयाँ प्रणाली, लक्षित उमेर समूह वा समुदायलाई मात्र हैन, सबैका लागि हो । यो ज्याला रोजगारी हुने र नहुने युवा हुन् वा वृद्ध, स्वस्थ्य हुन् कि बिरामी, बालबच्चा भएका वा नभएका, आम्दानी भएका वा नभएका सबैलाई हो ।’ वर्तमान सरकार श्रमजीवी जनताको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार हरायो, कहा“ छ, के गर्दैछ भन्नेलाई आज म भन्न चाहन्छु, सरकार यहाँ छ, श्रमजीवी जनताको बीचमा छ ।’
प्रधानमन्त्री ओलीले समाज निराशामा रहेको अवस्थामा हौसला र सपना देखाउनुपर्नेमा जोड दिँदै शासनको बागडोर हातमा पर्नासाथ ती सपना र आशलाई मूर्तता दिने काम गर्नुपर्ने बताए ।
‘त्यतिबेला हामीले एउटा प्रणाली थालेका थियौँ । त्यसको शुरुआत पाकाबाट ग¥यौँ, ती हाम्रा अभिभावकमा लामो आयु बाँच्ने आशा जगायौँ’ प्रधानमन्त्री ओलीले भने, ‘६० नाघेका मानिस हाम्रो के भर’ भन्ने निराशाको ठाउँमा कम्तीमा ७० ननाघी, राज्यले दिने भत्ता नलिई मर्दिन भन्ने मान्यता स्थापित गरायौ“ । छाडा पू“जीवादी व्यवस्थामा सन्तानले फ्याँक्छ तर न्यायिक राज्यमा मेरो सरकार छ, मेरो राज्य छ त्यसैले मलाई पाल्छ भन्ने सन्देश प्रवाह ग¥यौैँ ।’
उनले गर्भमा रहेदेखि नहुर्केसम्म शिशु संरक्षण र स्याहारको ‘सुनौलो एक हजार दिन’को अवधारणा आफूहरुले नै ल्याएको बताउँदै बाल संरक्षण अनुदान, मातृत्व संरक्षण सुविधा, सबैका लागि शिक्षाजस्ता कार्यक्रम यसपछिका शृंखला भएको बताए । सामाजिक साझेदारीमा आधारित अभियानका रुपमा सामाजिक सुरक्षाका योजना शुरुआत गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक सुरक्षा भनेको दान दातव्य हैन, न त यो बचत हो । यो एउटा ऐक्यबद्धतामा आधारित प्रणाली हो । ढुकुटीबाट झिक्दै–बाँड्दै हैन, ढुकुटीमा भर्दै–भरथेग गर्दै अघि बढ्ने विधि हो ।’
सामाजिक सुरक्षाका योजनाले ज्यालाजीवी, जंगी/निजामती र स्वरोजगारीमा रहेका सबैलाई समेट्ने जानकारी दिँदै उनले यसले औपचारिक वा अनौपचारिक श्रम क्षेत्रमा कार्यरत सबै श्रमिकलाई समेट्ने बताए । ‘अब सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर पर्दैनन्’ उनले भन्े, ‘आजदेखि सुरु हुने सामाजिक सुरक्षाका योजना मूलतः ज्याला रोजगारी र स्वरोजगारीमा रहेकाप्रति केन्द्रित छ ।’
सामाजिक सुरक्षा कोषले तय गरेको ‘सहभागिता, योगदान र सामाजिक सुरक्षा’ नारामा यसको विधि, प्रक्रिया र दायरा स्पष्ट प्रतिविम्बन भएको बताउ“दै उनले श्रमजीवी जनताका लागि सुरु गर्न लागिएको चार सुरक्षाका योजनाले श्रमशक्ति किन्ने र श्रमशक्ति बेच्ने दुवै पक्षलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘श्रमजीवी वर्गको उच्च ज्यालाको आकांक्षा र उद्यमी व्यवसायीको उच्च उत्पादकत्वको अपेक्षा दुवैको यी योजनाबाट सम्बोधन हुन्छ । ‘सुरक्षा हुनुप¥यो’ भन्ने श्रमिक र ‘श्रम शर्त खुकुलो हुनुप¥यो’ भन्ने रोजगारदाताको सुमधुर भेट यहा“ हुन्छ ।’

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने

प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुऱ्याइ विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको

  • १0 घन्टा अघि
हिपत खबर
पर्यटन
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

कोरोना महामारीका कोरण दर्साउदै नागरिक उड्डयन प्राधिकरणले व्यवसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीको कारण दर्साउँदै अर्को सूचना नआउञ्जेलसम्मका लागि

  • १0 घन्टा अघि
हिपत खबर
बैँक / वित्त
निषेधाज्ञा अवधिमा बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने

निषेधाज्ञा अवधिमा बैंकमा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ । नेपाल बैंकर्स सङ्घले आज विज्ञप्ति निकालेर भिडभाड कम गर्नका लागि ५० हजार रुपैयाँभन्दा कम रकम निक्षेप नलिने जानकारी दिएको छ ।

थोरै रकम जम्मा

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको मृत्यु

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष गैरको बिहीबार साँझ काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
ललितपुर सिटीलाई हराउँदै काठमाडौं रेजर्स फाइनलमा प्रवेश

ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
धादिङमा १५ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो

धादिङ । कोभिड–१९ सङक्रमण रोकथामका लागि धादिङमा जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । यसअघि धादिङ

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
थप ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
प्रचण्डले बोलाए स्थायी कमिटीको बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा साँझ ५ बजे बैठक बस्ने स्थायी कमिटी सदसय गणेश साहले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
सगरमाथा आरोही दुई विदेशीको मृत्यु

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

विभागका निर्देशक मीरा आचार्यका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर

  • १४ घन्टा अघि