बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
समाचार

नेपाल र भारत एउटै समूहमा

  • सिधा दृष्टी बिहिबार, मंसिर ६, २०७५ | November 22, 2018

क्वालालाम्पुर । एसियन फुटबल फेडेरेसनको आयोजनामा हुने एएफसी कप फुटबलको ड्र सार्वजनिक भएको छ । बिहीबार मलेसियाको क्वालालाम्पुरमा सन् २०१९ को एएफसी कपका लागि समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।
एएफसीले सार्वजनिक गरेको ड्र अनुसार नेपालको ‘ए’ डिभिजन लिग विजेता क्लब समूह ‘इ’ मा परेको छ । नेपालकै समूहमा भारत, बंगलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछ ।
भारतबाट मिनेर्भा पन्जाबले खेल्ने तय भएको छ भने बा“की टोलीको टुंगो लागेको छैन । नेपालमा लिग चलिरहेको

भएकाले एएफसी कप खेल्ने नेपाली क्लबको तय भइसकेको छैन । नेपालबाट अघिल्लोपटक थ्री स्टारले प्रतिस्पर्धा गरेको थियो । एएफसीले ३६ राष्ट्रका लिग विजेता क्लबलाई ९ समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरेको हो ।

अर्को समाचार

बडिमालिका खबर
सहिमाको नक्कली

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय