काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली रही केहीस्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औँल्याएको हो । बिहीबार राति र शुक्रबार दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ ।
रातको समयमा पनि पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको
छ । आज शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली रहने सम्भावना छ भने बा“की भेगमा सामान्यतया सफा रहने तथा ८ मंसिरमा देशभर मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौंको अधिकतम तापक्रम २२ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको थियो । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७.२ र सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई डिग्री सेल्सियस रहेको थियो ।
रातमा आकाश खुला हुने तथा दिउँसोपख मौसम सामान्य बदली हुने क्रम एक/दुई दिनदेखि जारी रहेकाले काठमाडौं उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि काठमाडौंमा बिहान र बेलुका बढी चिसो भएको छ ।