बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
समाचार

फिल्मका कलरिष्ट रेनिश

  • सिधा दृष्टी सोमवार, मंसिर ३, २०७५ | November 19, 2018

काठमाडौं । एउटा फिल्म हेर्दा त्यहाँ देखिने सुन्दर दृश्यलाई सुन्दर बनाउन कलर ग्रेडिङको भूमिका महत्वपूर्ण हुन्छ । फिल्मको पोष्टप्रोडक्सनको एउटा महत्वपूर्ण प्राविधिक पक्ष कलर ग्रेडिङ गर्नु चुनौतिपूर्ण काम हो । पछिल्लो दशकमा कलरिष्ट रेनिश फागो यही चुनौतिपूर्ण काममा रमाइरहेका छन् ।
रेनिश आफैमा कुशल कलरिष्टसँगै कलर ग्रेडिङका कुशल प्रशिक्षक पनि हुन् । आकाश अधिकारी निर्देशित फिल्म ‘काठमाडौं’बाट फिल्मको कलर ग्रेडिङको काम सुरु गरेका उनले हालसम्म सय नजिकको संख्यामा फिल्म रंग्याइसकेका छन् ।
‘सुरु–सुरुमा यो काम निकै जोखिमपूर्ण लाग्थ्यो

। तर काम गर्दै गएपछि यसमै दिन, महिना र वर्ष बितेको पत्तै भएन,’ रेनिसले भने, ‘फिल्मका प्रत्येक दृश्यमा कस्तो रंग राख्दा फिल्मस“ग संयोजन मिल्छ भन्ने हेरेर बुझेर काम गर्नुपर्छ । यो निकै जोखिमपूर्ण काम हो । भावअनुसार रंग संयोजन गर्न सकिएन भने फिल्मको कथा मर्छ ।’
रेनिसले कलर ग्रेडिङका लागि जमलमा रहेको पेन्टा सफ्टबाटबाट ४ वर्षको मल्टिमिडियाको डिप्लोमा कोर्स पूरा गरेका छन् । यहा“को पढाईपछि उनले राजधानीको महाराजगञ्जमा रहेको किन्डल सिने स्टुडियो (रेड स्टुडियो)मा तीन भारतीय कलरिस्टसँग कलर ग्रेडिङका विषयमा ज्ञान पनि लिए ।
निर्देशक तथा छायाकारले सर्वाधिक रुचाएका कलरिष्टमा पर्ने रेनिश एउटा फिल्मको कलर ग्रेडिङ अधिकतम २५ दिनमा सक्छन् । रेनिस किन्डल रेड स्टुडियोसहित मुभी फ्याक्ट्री, फिल्म मोसन नेपाल र आरबीए फिल्मसमा फिल्मको कलर ग्रेडिङ गरिरहेका छन् ।
उनले हिन्दी फिल्म ‘सुराग’मा पनि कलर ग्रेडिङ गरेका छन् । उनी अहिले ‘समर लभ’, ‘यात्रा’, ‘जानी नजानी’, ‘प्रेमलीला’, ‘सय कडा दश’लगायतका फिल्म रंगाउन व्यस्त छन् । यसबाहेक झण्डै ३० बढी म्युजिक भिडियो र ४५ बढी वृत्तचित्रमा पनि कलर ग्रेडिङ गरेका छन् । उनले कलर ग्रेडिङसम्बन्धी तालिम पनि दिने गरेका छन् ।
काम गर्ने शैली र कामको गुणस्तरीयताका कारण उनी नेपालकै महंगा कलरिष्टका रुपमा स्थापित भइसकेका छन् । ‘चुनौतिपूर्ण काम भएकाले त्यही अनुसार पारिश्रमिक पनि राम्रो लिन्छु,’ उनी भन्छन्, ‘मेरो काम देखेरै निर्माता निर्देशकले पारिश्रमिकमा कन्जुस्याई गर्नुहुन्न ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय