बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
मुख्य खबर

टिआइए क्वाटएरफाइनलमा

  • सिधा दृष्टी सोमवार, मंसिर ३, २०७५ | November 19, 2018

काठमाडौं । ठुङ्रम इन्टरनेसनल एकेडेमी उमाबि (टिआईए) भ्याली पब्लिक कप १३औँ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सिनियर छात्राको प्रिक्वार्टर खेलमा टिआइएले आयोजक भ्याली पब्लिकमाथि २७–२५ को रोमान्चक जित निकाल्यो । टिआइएको जितमा डेजिना ठकुरीले सर्वाधिक ११ स्कोर गरिन् । छात्रातर्फ नै इनोभेटिभले बसुन्धरा नेसनल एकेडेमीलाई २३–८ ले हराउँदा पूजा थापाले सर्वाधिक ६ स्कोर गरिन् । गल्फुटारस्थित आयोजकको कोर्टमा भएको सिनियर छात्रको खेलमा गोल्डेनपिक र हिम्सले जित निकालेका छन् । गोल्डेनपिकले नेसनल युनाइटेडलाई ३६–१६ को स्कोरमा

हराउ“दा गोपाल भण्डारीले सर्वाधिक १० स्कोर गरे । श्यामदेन शेर्पाको महŒवपूर्ण १५ स्कोरको मद्दतमा हिम्सले सैनिक स्कुललाई ३४–२१ को स्कोरमा हरायो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय