बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • राष्ट्रिय परिचयपत्र वितरण सुरु
फिचर न्युज 1

राष्ट्रिय परिचयपत्र वितरण सुरु

  • सिधा दृष्टी सोमवार, मंसिर ३, २०७५ | November 19, 2018

काठमाडाैँ । पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारी नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने नेपाली महिला बनेकी छन् ।
उनी आफुमात्र पहिलो परिचयपत्र प्राप्त गर्ने महिला बनिनन्, उनले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय परिचयपत्र दिएर उनलाई पनि एउटा पहिचान दिएकी छन् ।
पाँचथरको फिदिम भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेका छन् ।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध

राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताए । आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय तथ्यमा भेटिने उनकोे भनाइ थियो । उनले देशका समग्र सूचना एकीकृत नभएसम्म मुलुकलाई आवश्यक कुरा के हो भनेर बुझ्न समेत कठीन पर्ने हुनाले तथ्याङ्ककै आधारमा मुलुकको विकास र समृद्धिको योजना तय गर्न सकियो भने मुलुकको विकास तीव्र गतिमा हुने बताए ।
गृहमन्त्री थापाले जनताले विकास, सुशासन, समृद्धि र स्थायित्व चाहेकाले जनचाहना पूरा गर्न पनि राष्ट्रिय परिचयपत्रको ठूलो महत्व भएको जानकारी गराए । उनले देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढाउन प्रक्रिया शुरु भइसकेको जानकारी पनि दिए ।
उनले नयाँ राजनीतिक प्रणाली लागू गर्ने क्रममा केही जटिलता पैदा भएको बताउँदै जटिलतालाई सुशासन कायम भएन भनेर हल्ला फैलाउने कार्य भइरहेकोमा त्यस्ता भ्रम चिर्न आवश्यक रहेको विचार व्यक्त गरे ।
समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ बाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुनु प्रदेशका लागि गर्वको विषय रहेको बताए । उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउँदै संघीयताको सफलताबाट मात्रै जनआकाक्षा पूरा हुने बताए ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले दुई वर्षभित्र देशका सबै जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य थालनी हुने जानकारी दिए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काÏलेले सबैै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र सबै नेपालीका हातमा पु¥याउने कार्य पाँचथरबाट प्रारम्भ भएको जानकारी दिए ।
राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय