शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • आर्थिक रुपान्तरणमा अग्रसर हुन कर्मचारीहरुलाई निर्देशन
फिचर न्युज 1

आर्थिक रुपान्तरणमा अग्रसर हुन कर्मचारीहरुलाई निर्देशन

  • सिधा दृष्टी शनिबार, मंसिर १, २०७५ | November 17, 2018

काठमाडांै । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न कर्मचारीहरुलाई आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन निर्देशन गरेका छन् । सातौँ राष्ट्रिय कर दिवसका अवसरमा प्रधानमन्त्री ओलीले व्यक्त गर्दै यस्तो आह्वान गरेका हुन् ।
‘कर ः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ शनिबारदेखि सुरु भएकँे साताव्यापी कर दिवस मनाउन लागिएको छ । इसै सन्दर्भमा प्रधानमन्त्री ओलीले कर दिवसले सम्पूर्ण नेपालीलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्ने भन्दै कर प्रणालीलाई प्रभावकारी रुपमा पालना

गर्न प्रोत्साहन शुभेच्छा प्रकट गरेका गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन ।’ उनले आमजनताको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको भन्दै वर्तमान सरकार राजश्व संकलनलाई प्रभावकारी रहेको र राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको दावी गरे ।
प्रधानमन्त्री ओलीले अगाडि भने, ‘चालू आर्थिक वर्षको असोज महीनासम्म राजश्व संकलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको छ । यस अवधिमा राजश्व संकलनमा झण्डै २६ प्रतिशतले वृद्धि हुन गएको देखिन्छ । यही अवधिमा कर संकलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजश्व संकलनको यो उत्साहजनक क्रमले अझै गति पाउनेछ र समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको सझा संकल्प अवश्य पूरा गरिनेछ ।’
साथै वषौ“देखिको राजनीतिक संघर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब स्रोतको प्रभावकारी परिचालन गर्दै आर्थिक वृद्धिदरलाई तीव्र र दिगो बनाउन राज्यका सबै संरचना परिचालन हुनैपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादउन्मुख समृद्ध अर्थव्यवस्थाको निर्माण गर्ने मार्ग्चित्र कोरिसकेका छौँ । त्यसैले हाम्रो राष्ट्रिय आकांक्षालाई मूर्त तुल्याउन आन्तरिक राजश्वको परिचालन अझ प्रभावकारी रूपमा गर्न आवश्यक छ ।’
सरकार आयआर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वेच्छिक कर सहभागितामार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउ“दै लगेको प्रधानमन्त्री ओलीको दावी छ । उनले भने, ‘सरकारले ुुरु गरेको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने पहललाई सार्थक तुल्याउन हरेक कर्तव्यनिष्ठ नेपाली नागरिकलगायत सम्बन्धित सबैको थप क्रियाशीलता आवश्यक पर्दछ ।’
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘कर भनेको कुनै पनि वस्तु वा सेवा उपभोग गरेवापत तिर्नुपर्ने अतिरिक्त रकम हो । राज्यले उपलब्ध गराउने यस्ता सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि हो । तसर्थः हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएवापत कर तिर्नुपर्ने सोच हुन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय