बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • अस्थायी प्रहरी बिट भवनको उदघाटन
फिचर न्युज 1

अस्थायी प्रहरी बिट भवनको उदघाटन

  • सिधा दृष्टी बिहिबार, कार्तिक २९, २०७५ | November 15, 2018

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित महानगरीय अस्थाई प्रहरी बिट भवनको उदघाटन गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समृद्ध र सुखी नेपाल निर्माण अभियान सफल पार्न स्थानीय स्तरबाट नै प्रहरीका लागि भवन हस्तान्तरण गर्नु अनुकरणीय कार्य भएको चर्चा गरे । स्थानीय स्तरबाट भएको भवन हस्तान्तरण कार्यबाट प्रहरीलाई प्रोत्साहन मिलेको उल्लेख गर्दै उनले स्थानीयबासीलाई दिगो शान्ति सुरक्षा प्रदान गर्न प्रहरीले थप उच्च मनोबलकासाथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दिगो शान्तिका लागि नागरिक–प्रहरी

साझेदारी अतिआवश्यक रहेकाले यसलाई संस्थागत बनाउन कार्यक्रम अघि बढाइएको प्रहरी महानिरीक्षक खनालले बताए । विकास कार्यका लागि सुरक्षा पहिलो शर्त भएको बताउँदै शान्ति सुरक्षा लगायतको जिम्मेवारी पूरा गर्न नेपाल प्रहरीले स्थानीय सरकार, विभिन्न संघसंस्था लगायत सम्पूर्णसँग हातेमालो गरी अघि बढ्ने उनले बताए ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्णबहादुर राईले भवन निर्माणमा सहयोग गर्ने स्थानीय प्रतिनिधिहरुलाई कदरपत्र प्रदान गर्दै समुन्नत समाज बनाउन सुरक्षा महत्वपूर्ण पाटो भएकाले स्थानीय र प्रहरी दुबैले सुरक्षाको गहन जिम्मेवारी बोध गरी अगाडि बढ्नुपर्ने बताए ।
सो अवसरमा प्रदेश नम्बर ३ का सांसद रामेश्वर फुयाँलले प्रहरी र नागरिक दुबै मिलेर काम गरेमा शान्ति सुरक्षा स्थापनाको लागि थप सफलता मिल्ने बताए ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले उक्त भवन निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गरे ।
समारोहमा काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्णबहादुर राईले भवन निर्माणमा विशिष्ट सहयोग गरे बापत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कदरपत्र प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय