बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पर्खाल नाघेर अमेरिका छिरे आप्रवासी
समाचार

पर्खाल नाघेर अमेरिका छिरे आप्रवासी

  • सिधा दृष्टी बिहिबार, कार्तिक २९, २०७५ | November 15, 2018

मेक्सिको, (एएफपी)– संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा आइपुगेका छन् ।
अमेरिकी रक्षामन्त्रीजिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूहपनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ ।
मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ । उनीहरुमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर अमेरिकी भूमिमा पुगेका थिए । अमेरिकी सीमा सुरक्षा बललाई देख्नासाथ उनीहरु पुनः मेक्सिकोतर्फ फर्किएका थिए ।
‘हामी अपराधी होइनौँ,’

उनीहरुमध्ये केहीले ठूलो स्वरमा चिच्याएका थिए । उनीहरुको आवाज राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीको समूह अमेरिकी सीमामा आइ पुग्नै लाग्दा सीमामा करिब छ हजार थप सैनिक परिचालन गर्न आदेश दिएका छन् ।
अर्को मुख्य समूहमा करिब चार हजार सहभागी छन् । उनीहरु पनि केहीदिन भित्रै सीमामा आइपुग्ने बताइएको छ । आङ्खनो देशमा व्याप्त गरिबी र हिंसाकाकारण देश छाडेको बताउने यी मानिसहरु अमेरिकामा आप्रवासी हुन चाहन्छन् ।
कम्तीमा पनि नौ जना आप्रवासी अमेरिकी भूमिमा प्रवेश गरिसकेका छन् र उनीहरुलाई सीमा सुरक्षाबलले पक्राउ गरेको छ । यीमध्ये चार बालबच्चासहित एक आमा र १९ वर्षकी गर्भवती रहेका छन् । उनीहरु होन्डुरसका नागरिक हुन् ।
‘उनी अमेरिका गइहालिन् । मलाई थाहै थिएन, उनी त अमेरिकाभित्र गइसकिछन्,’ उनका १७ वर्षे पति मोजेज हर्नान्डेजले बताए । ‘मैले बुझेको छु । उनी नया“ जीवनको खोजीमा छिन् । हामी हाम्रो देशमा व्याप्त गरिबीबाट आजित भइसकेका थियौँ।’
गतसाता राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कानुनी विधि अनुसरण नगरी अमेरिका प्रवेश गर्नेलाई शरणार्थीको मान्यता नदिने उल्लेख छ । त्यस्ताव्यक्तिलाई स्वदेश फर्काइने छ । तिजुआनमा भेलाभएका धेरैजसो आप्रवासीहरुले सीमापार गर्नुअघि समूहका अरु सदस्यलाई पनि पर्खिने बताएका छन् ।
सीमाको अर्कोतर्फ अमेरिकाको टेक्सास भ्रमणमा रहेका रक्षामन्त्री म्याटिसले अमेरिकी सीमा सुरक्षाबललाई सहयोग गर्न सैनिक परिचालन आवश्यक रहेकामा जोड दिए । तर रिपब्लीकन पार्टीकै कतिपयले राष्ट्रपति ट्रम्पको यो योजनाको आलोचना गरेका छन् ।
तिजुआनाका लागि मेक्सिकोका विभिन्नस्थानबाट आप्रवासीहरु हिँडिसकेका छन् । कतिपयलाई बस, ट्रकको व्यवस्था पनि गरिएको छ । होन्डुरसका यी आप्रवासीहरुले अक्टोबर १३ मा आफ्नो यात्रा सुरु गरेकाथिए । उनीहरु करिब तीनहजार किलोमिटरको यात्रा गरी मेक्सिको–अमेरिका सीमामा पुग्ने अभियानमा छन् । शुक्रबारसम्म अमेरिकी सीमामा करिब पा“च हजार आप्रवासी पुगि सक्ने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय