बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
समाचार

रत्नजित र दिपेश अन्तिम आठमा

  • सिधा दृष्टी बुधबार, कार्तिक २८, २०७५ | November 14, 2018

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ र एपिएफका दिपेश धामी आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन् ।
पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौँ पटकका विजेता तामाङले बुधबार सम्पन्न प्रिक्वार्टरफाईनलमा एपिएफका सुनिल जोशीलाई २१–६, २१–१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दिपेशले सेनाका प्रफुल महर्जनमाथि २१–१५, २१–१५ को समान अन्तरमा पराजित गरे ।
यस्तै बुधबार नै भएको प्रतियोगिताबाट अन्तिम आठमा प्रवेश गर्नेमा नेपाल पुलिसका बिष्णु कटुवाल र

निर विक्रम देवकोटा पनि रहे । बिष्णुले एफिएफका विजित थापामगरलाई २१–१७, २१–१४ तथा निरविक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२ –२१, २१–८, २१–१० ले हार चखाए ।
यसैगरी सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१८, २१–१४, सेनाकै नवीन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१–७, २१–१३, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१–१७, २१–१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१४ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङले जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाइन् । जेशिकाले भोजपुरकी सिता राईलाई २१–१७, २१–१९ ले पराजित गरिन् । यस्तै सेनाका नंग्शल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाएका छन् । तामाङले जेष्टकी महिमा श्रेष्ठलाई २१–५, २१–३, अनुले जेष्टकै सफी खत्रीलाई २१–५, २१–१०, रशिलाले जेष्टकै मनीषा खड्कालाई २१–८, २१–४, रञ्जनाले मोरङकी सिमा राजवंशीलाई २१–१८, १७ –२१ र २१–१६ तथा अमिताले भोजपुरकी लोकतमा राईलाई २१–२, २१–८ ले पाखा लगाए । यसैगरी बा“केकी संझना शर्माले एपिएफकी सुनैना मुखियालाई २१–१३, २१–१९ एफिएफकी शोभा गुरुङले जेष्टकी तारा आलेलाई २१–१८, २१–१३ले पराजित गर्दै क्वार्टरफाईनलमा स्थान पक्का गरे ।
पुरुष जोडी तर्फको खेलमा एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले ललितपुरका श्याम महर्जन र कृष्ण श्रेष्ठको जोडीमाथि २१–१२, २१–११ को जित निकाले । यस्तै जित निकाल्ने क्रममा पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले ललितपुरकै रदीप महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१–४, २१–१५, बा“केका ईरफान अन्सारी र रियाज अन्सारीको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापा र राम बानियाको जोडीलाई २१–१०, २१–१९, एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडीले सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीलाई २४–२२, २१–१०, सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडीले ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडीलाई २१– ९, २१–११, एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीले ललितपुरका श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडीलाई २१–१७, २१–१४, पुलिसका बिष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीले ललितपुरका प्रदीप महर्जन र विकास महर्जनको जोडीलाई २१–१३, २१–१७ तथा सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले ललितपुरकै दौथ राई र गणेश गुरुङको जोडीलाई २१–१४, २१–८ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाउन सफल भए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय