बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पिताम्बर तिम्सिना उपाध्यक्षमा नियुक्त
मुख्य खबर

पिताम्बर तिम्सिना उपाध्यक्षमा नियुक्त

  • सिधा दृष्टी बुधबार, कार्तिक २८, २०७५ | November 14, 2018

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को रिक्त रहेको उपाध्यक्ष पदमा पिताम्बर तिम्सिना नियुक्त भएका छन् । बुधबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनार) ले तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा उपाध्यक्ष पद तथा गोपनीयताको बशपथ गराए ।
तिम्सिनालाई खेलकुद विकास ऐन, ०४८ को दफा ३ को उपदफा ३ बमोजिम बुधबारदेखि लागू हुने गरी सदस्य पदमा बहाल रहने अवधिभरका लागि उपाध्यक्षमा नियुक्त गरिएको युवा तथा खेलकुद मन्त्री एवं राखेप अध्यक्ष बिकद्वारा हस्ताक्षरित पत्रमा

जनाइएको छ ।
उपाध्यक्ष तिम्सिनाले बुधबार नै राष्ट्रिय खेलकुद परिषदमा आफ्नो पद बहाली गरेका छन् । यसअघि पनि तिम्सिनाले ०६६ सालमा राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा नियुक्त भई चार वर्षीय कार्यकाल पूरा गरेका थिए ।
उपाध्यक्षमा नियुक्त हुनुअघि तिम्सिनालगायत राजेश गुरुङ तथा इन्दिरा निरौलालाई मन्त्रिपरिषद्को २५ कात्तिकको निर्णयअनुसार राखेपको रिक्त रहेको सदस्य पदमा मनोनित गरिएको पत्र प्रदान गर्नुका साथै युवा तथा खेलकुद मन्त्री बिकले सदस्य पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नवनियुक्त सदस्य गुरुङले पनि राखेपको सदस्यको अनुभव संगालिसकेका छन् । उनले राखेपको सदस्यका साथै सुटिङ र बक्सिङ संघको उपाध्यक्ष तथा नेपाल ब्याडमिन्टन संघको केन्द्रीय सदस्यको पदमा रहेर अनुभव संगालिसकेका छन् । यस्तै मोर्डन पेन्टाथलन र नेपाल भलिबल संघको केन्द्रीय सदस्यसमेत रहेकी निरौलाको राखेप सदस्यमा पहिलो अनुभव हो ।
सदस्यहरुलाई बधाई दि“दै मन्त्री बिकले सदस्यहरुलाई दिइएको जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै मन्त्रालय तथा परिषदले लिएका नीति तथा कार्यमा दत्तचित्त भई कार्य गर्न शुभकामना प्रदान गरे ।
उपाध्यक्षमा नियुक्त भएपश्चात बोल्दै तिम्सिनाले आफूले पूर्वराष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा रहेर गरेको कार्यको मूल्यांकन गर्दै पुनः राखेपको सदस्यमा नियुक्त गरेकामा मन्त्रिपरिषद्लाई र उपाध्यक्ष पदमा नियुक्त गरेकामा मन्त्री एवं अध्यक्षलाई धन्यवाद प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्मा देखिएको विकृति र विसंगतीलाई निर्मूल गर्न लागि पर्ने बताए ।
यस्तै उपाध्यक्ष तथा सदस्यहरुलाई शुभकामना व्यक्त गर्दै सदस्य सचिव बिष्टले अनुभवी सदस्यहरु परिषद्मा नियुक्त हुनुले परिषदले गर्ने कार्यहरुमा थप बल पुग्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय