बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • १६औँ हस्तकला व्यापार मेला सुरु
मुख्य खबर

१६औँ हस्तकला व्यापार मेला सुरु

  • सिधा दृष्टी बुधबार, कार्तिक २८, २०७५ | November 14, 2018

काठमाडौं । नेपाल हस्तकला महासंघको १६औ हस्तकला व्यापार मेला र १४औ हस्तकला प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । बिहीबारबाट सुरु भएको मेला मंसिर २ गते सम्म चल्नेछ ।
मेला उद्घाटन गदै अर्थ मन्त्रप् डा.युवराज खतिवडाले स्थानीय कच्चा पदार्थमा आधारित, स्वदेशी शिल्पी तथा सिर्जनामा कुँदिएका हस्तकलाका सामानहरुको यथोचित प्रवद्र्धन हुन सकेमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने निश्चित रहेको बताउँदै यसको विकास र प्रवद्र्धन गर्न सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।
कार्यक्रममा १४औ हस्तकला प्रतियोगितामा सहभागीहरु मध्यबाट उत्कृष्टलाई

नगद सहित सम्मान समेत गरिएको थियो । मेला संचालनको लागि १ करोड खर्च लाग्ने र २५ लाख रुपैयाँ सरकारले सहयोग गरेको छ भने १ लाख रुपैयाँ सहयोग उद्योग वाणिज्य महासंघले गरेको छ । मेलामा १० करोड बराबर कारोबार हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा ललितपुर महानगरलाई हस्तकला सिटी घोषण गरिएको थियो ।
कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, नेपाल चेम्बर्स अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगाएतको उपस्थिती रहेको थियो । यसै बिचम महासंघको स्मारिका समेत विमोचन गरिएको थियो ।
मेलामा काष्ठकला, धातुकला, चा“दी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुर्ती एवं ढा“काका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वा“सका सामानहरु प्रर्दशनी तथा बिक्रिका लागि राखिएको छ ।
मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्वर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपालले सहयोग गरेका छन ।
मेलामा ४५ जिल्लाका २०० वटाभन्दा बढी स्टलहरु सहभागी भएका छन । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टलहरु समेत रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय