बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
मुख्य खबर

१० हजारको नोट निकाल्न सुझाव

  • सिधा दृष्टी बुधबार, कार्तिक २८, २०७५ | November 14, 2018

काठमाडौं ।  बैंकर्स एसोसियसनले ५ हजार र १० हजार दरका नोट प्रकाशन गर्न माग गरेको छ । मुद्रास्फिति रोक्न माग गर्नुपर्ने बेला बैंकहरुले नै मुद्रास्फिति बढाउने गरी मह“गो दरका नोट छाप्न राष्ट्र बैंकलाई सुझाव दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
मुलुकमा झोलामा पैसा बोकेर गोजीमा सामान किन्ने बेला आउला चिन्ता व्यक्त गरिएको अवस्थामा बैंकहरुले भने भविष्यलाई नहेरेर वर्तमानलाई हेर्दै अव्यवहारिक सुझाव दिइएको बताइन थालिएको छ ।
बुधबार नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा बैंकर्सहरुले

यस्तो सुझाव दिएका हुन् ।
बैंकर्स संघका अध्यक्ष तथा बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने अहिलेको मूल्य वृद्धिलाई ध्यान दिएर ५ हजार र १० हजार दरका नोट छाप्नु पर्ने बताएका छन् ।
अहिले एक हजार रुपैयाँ लिएर हिँड्दा केही पनि नआउँने भन्दै बरु राष्ट्र बैंकले ५ हजार र १० हजार दरका नोट छाप्नु पर्ने विचार व्यक्त गरेका छन् ।
सरकारले मह“गी नियन्त्रण नगर्दा पैसा सस्तो बनिरहेकाले सरकारले मूल्य नियन्त्रणतिर ध्यान दिनुपर्ने कतिपय अर्थविद्हरुको सुझाव छ । सरकारसँग कुनै योजना नहु“दा मूल्यवृद्धि जस्तो गलत कार्यलाई रोक्ने काम भएको छैन ।
यता, बैंकहरुले थोरै कर्मचारीबाट धेरै काम लिइरहेको गुनासो राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले गरेका छन् । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले दसै“मा नोट वितरण गर्दाको अनुभव सुनाउँदै बैंकका उच्च व्यवस्थापनले कर्मचारीलाई धेरै काम लगाउने गरेको बताए ।
उनले आवश्यक पर्ने कर्मचारी नियुक्त गर्न बैंकरलाई सुझावसमेत दिएका छन् ।
बैंकिङ क्षेत्रका कर्मचारीहरुसँग अन्तक्र्रिया गर्दा उनीहरुले चाहिनेभन्दा बढी काम उच्च ब्यवस्थापनले लाउने गरेको बताएको निरौलाले बताएका छन् । अहिले १०० जना कर्मचारी छन् भने १०÷१५ जना थप्दा थप सजिलो हुने हुनाले बैंकहरुले कर्मचारी व्यवस्थापनमा ध्यान दिनु आग्रह गरेका छन् ।
बैंकहरुले शाखामा कम कर्मचारी खटाएकै कारण पनि नोट व्यवस्थापन प्रभावकारी हुन नसकेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय