बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
मुख्य खबर

चार महिनापछि संवैधानिक इजलास

  • सिधा दृष्टी बुधबार, कार्तिक २८, २०७५ | November 14, 2018

काठमाडौं । सर्वोच्च अदालतमा झण्डै चार महिनापछि संवैधानिक इजलास सुरु भएको छ । १६ साउनदेखि बस्न नसकेको संवैधानिक इजलास बुधबारदेखि सुरु भएको हो ।
प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीश तोकी संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था रहेको छ । बुधबारदेखि सुरु भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे संलग्न रहेका छन् ।
संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भए पनि इजलास नियमित बस्न नसक्दा न्याय प्रक्रियामा ढिलाइ

भइरहेको थियो । एउटा प्रधानन्यायाधीशको अवकाशपछि अर्को प्रधानन्यायाधीश नियुक्त नहु“दासम्म वा इजलासका एक मात्र न्यायाधीश नहुँदा समेत इजलास चल्दैन ।
प्रधानन्यायाधीश नियुक्त भएर आइसकेपछि पनि संवैधानिक इजलास गठनमा प्राथमिकता दिइएको देखि“दैन । प्रधानन्यायाधीश आउनेबित्तिकै प्राथमिकताका साथ सो इजलास गठन गरेर सुनुवाइ सुरु गर्नु पर्नेमा त्यो हुन सकेको थिएन । प्रधानन्यायाधीशमा मिश्र नियुक्त भएपछि गठित पाँच सदस्यीय इजलास गठन भएर पनि इजलास बस्न सकेको थिएन ।
सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीका अनुसार न्यायाधीश दीपककुमार कार्की विदेश भ्रमणमा रहेकाले इजलास सञ्चालन हुन सकेको थिएन । एकजना मात्र न्यायाधीश नभएपछि सो इजलास बस्न सक्दैन ।
संवैधानिक इजलास हप्ताको दुई दिन मंगलबार र बुधबारमात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीशसहित इजलासका अरू न्यायाधीशले अन्य विषयका मुद्दा पनि हेर्नुपर्ने भएकाले संवैधानिक विवादका विषय मात्र हेर्नका लागि हप्ताको दुई दिन छुट्याइएको हो ।
सर्वोच्च अदालतका अन्य इजलासमा बहस भइसकेपछि संविधानसँग बाँझिएका र गहनरुपमा छलफल गर्नुपर्ने मुद्दा पनि संवैधानिक इजलासमा पठाइने र सो इजलासमा गहन बहस र छलफलपछि निर्णय दिने गरिन्छ । इजलासमा संवैधानिक विवादका २२३ वटा मुद्दा सुनुवाइ गर्न बाँकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय