मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • खुट्टा गुमाएकी बालिकाको उपचारमा समस्या
समाचार

खुट्टा गुमाएकी बालिकाको उपचारमा समस्या

  • सिधा दृष्टी बुधबार, कार्तिक २८, २०७५ | November 14, 2018

हुम्ला  । हुम्ला अदानचुली गाउँपालिका–४ बिगोठीका ११ वर्षीया रमिला बुमीको उपचारमा समस्या भएको छ ।
असोज ११ गते बारीमा लगाएको काँक्रो लिन गएकी बुमी छिमेकीले स्याल मार्न थापेको पासोमा परी घाइते भएकी थिइन् । घाइते बुमीको दायाँ खुट्टा काट्नु परेको थियो । समयमै उपचार नपाउँदा छोरीको खुट्टा काट्नु परेको बुबा जनकले बताए । ‘उपचार गर्न लाखौ रुपैयाँ ऋण लागेको छ, ऋण तिर्न समस्या छ,’ छोरीको उपचार गराउन जुम्ला आएका जनकले पीडा सुनाए ।
रमिलाको हाल जुम्लास्थित कर्णाली स्वास्थ्य

विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । छोरीको उपचारका लागि विभिन्न व्यक्तिलगायतलाई गुहारे पनि सहयोग जुट्न नसकेको बुबा जनकले बताए । उपचारका लागि सुर्खेत झरे पनि त्यहाँ निको हुन नसकेपछि रमिलालाई भारतको लखनऊ लगिएको थियो । लखनऊमा उनको उपचारमा पाँच लाख ८० हजार खर्च भयो । ‘रकम अभाव भएपछि २१ दिनपछि घाउ पूर्णरूपमा निको हुन नपाउँदै घर फर्के,’ बुबा जनकले भने ।
असोज अन्तिमदेखि रमिलाको जुम्लामा उपचार भइरहेको छ । छिमेकीबाट ऋण काढेर जुम्ला पु¥याइएकी रमिलाको उपचारमा हालसम्म दुई लाखभन्दा बढी खर्च भइसकेको छ । ‘बस्न, खान र औषधि किन्न समस्या भएको छ’ उनले भने । पढाइमा तीक्ष्ण रमिलाले खुट्टा गुमाएपछि पढाईमा बाधा पुगेको छ । चार कक्षामा पहिलो भएकी रमिला गाउँकै जनप्रिय आधारभूत विद्ययालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । पढ्ने चाहना भएपनि खुट्टा गुमाएका कारण उनलाई गाउ“को विद्यालयमा पढाउन नसकिने उनका बुबा जनकको पीडा छ । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय