बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नक्कली स्याम्पु र मसला बनाउने पक्राउ
मुख्य खबर

नक्कली स्याम्पु र मसला बनाउने पक्राउ

  • सिधा दृष्टी बुधबार, कार्तिक २८, २०७५ | November 14, 2018

काठमाडौं । नक्कली स्याम्पु र बिएमसी मसला बनाउने सामान सहित ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रीजका संचालक चन्द्रागिरी नगरपालिका–१५ नैकाप बस्ने धादिङ धार्केका बासु प्रसाद विडारी र उनकी श्रीमती ज्योति विडारीलाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको छ ।
ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रीजको नाममा भारतीय ब्राण्डको बिएमसी मिट मसला र हेड एन्ड सोल्डर स्याम्पु अत्याधुनिक मेशिनहरू राखी गैर कानूनी रुपमा उत्पादन गरी बजारमा विक्री वितरण गरिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं र स्थानिय प्रतिनिधिहरूको रोहवरमा

उक्त इण्डस्ट्रीजमा तलासी गर्दा नक्कली स्याम्पु र बिएमसी मसला बनाउने सामान फेला पारी बरामद गरेको थियो ।
उक्त इण्डस्ट्रीजबाट ४४ कार्टुन बिएमसी मिट मसला, ११ बोरा मसलाको कच्चा पदार्थ धुलो करिब १ सय केजी, बिएमसी मसला प्याक गर्ने प्लास्टिक प्रिन्टेड रोल ११ वण्डल, प्लास्टिक रोल (मसला प्याक गर्ने) ५ वण्डल, तयारी मसला ठूला कार्टुन २ सय ५० थान, तयारी हेड एन्ड सोल्डर स्याम्पु ३ सय ७० बक्स, स्याम्पु कच्चा पदार्थ २ बाल्टिन, खाली ड्रम २० थान र ठूलो मेशिन ३ थान बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ।
पक्राउ परेका दुवै जनालाई कालोबजारी, कपी राइट तथा राजश्व छली सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय