मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • गड्यौलीका स्थानियले दुई वर्षभित्र विद्युत् पाउने
मुख्य खबर

गड्यौलीका स्थानियले दुई वर्षभित्र विद्युत् पाउने

  • सिधा दृष्टी बुधबार, कार्तिक २८, २०७५ | November 14, 2018

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारमा दुई वर्षभित्र विद्युती पु¥याउने प्रतिवद्धता गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा बुधबार आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले सो प्रतिवद्धता जनाएका हुन् । उनले वर्षौंदेखि अर्को गाउँको बत्ती हेरेर मन बुझाएका स्थानियले अब केहि वर्षमा नै आफुले बत्ती उपयोग गर्न पाउने जनाए । उनले भने, ‘ अब यहाँका स्थानियले अरुको बत्ती हेर्नुपर्ने दिन गयो,

अब आफैँ बत्ती बाल्न पाउने दिन आउँदै छ ।’
यस क्षेत्रको विद्युतीकरणको लागि संघीय सरकारको एक करोड ३५ लाखको लागतबाट दुई वटा सवस्टेशन निर्माण गराईरहेको छ भने गाउँपालिकाले ५० लाखमा नौ वटा ट्रान्फर्मर खरीद गर्ने भएको छ । मन्त्री गुरुङले लाइन विस्तारमा प्रदेश सरकारले सहयोग गरी दुई वर्षभित्र प्रदेशका ११ वटै जिल्लाका सबै घरमा उज्यालो पु¥याउने बताए ।
उनले भने, ‘लाइन विस्तारमा प्रदेश सरकारको सहयोग रहनेछ, दुई वर्षभित्र प्रदेशका ११ वटै जिल्लाका सबै घरमा उज्यालो पु¥याउने प्रदेश सरकारको लक्ष्य छ ।’ उनले उच्च जोखिममा रहेका काठेपोल विस्थापित गरी फलामे पोल विस्तार गरिने तयारी भईरहेको पनि बताए ।
नेकपा जिल्ला संयन्त्र सदस्य बिष्णुभक्त सिग्देलले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् जस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्न मुलुकका तीनवटै सरकारको पहिलो प्रथमिकतामा रहनुपर्नेमा जोड दिए । उनले भने, ‘जनताका आधारभूत आवश्यकता पूरा गर्न मुलुकका तीनवटै सरकारको पहिलो प्रथमिकता हुनुपर्छ ।’
घिसिङ गाउँपालिकाका उपाध्यक्ष सरास्वती सिग्देलले जनताका अपेक्षालाई एकै पटक सम्बोधन गर्न नकिएपनि आवश्यकताअनुसार विकास निर्माणका काम अगाडि बढाएमा विकास सम्भव हुने बताईन् । उनले भनिन्, ‘विकास एकैताली सम्भव हुन सक्दैन्, विस्तारै हुने कुरा हो, तर निरन्तर भईरहनुपर्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय