बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
मुख्य खबर

संगीतमा समिरको सक्रियता

  • सिधा दृष्टी बुधबार, कार्तिक २८, २०७५ | November 14, 2018

काठमाडौं । डेढ दशकदेखि म्यासेन्जर व्याण्डको भोकलिष्ट तथा लिड गिटारिष्टका रुपमा सक्रिय गायक समिर हमालको संगीतमा सक्रियता अहिले पनि उस्तै छ ।
फरकशैलीका गीत गाउन रुचाउने उनी आफूलाई नेपालकै पहिलो हरर गायकका रुपमा चिनाउँछन् । उनी कहिले रक, कहिले फ्यूजन र कहिले ¥याप गीतलगायतका गीतमा आफूलाई अब्बल गायकका रुपमा स्थापित गरिरहेका छन् ।
समिरले आफ्नो गीत ‘बिती जाने’बाट हालै थाइल्याण्ड र सिंगापुरको सामुन्द्रिक किनारामा भएको बक्स अफिस इन्टरनेश्नल अवार्डमा बेस्ट पप सिंगरको अवार्ड जितेका छन् । थाईल्याण्ड जान

नभ्याएका गायक हमाललाई हालैमात्र काठमाडौंमै अवार्ड दिइयो । उनले यसअघि पनि यहि गीतबाट नेशनल क्यापिटल अवार्डमा पनि सर्वाेत्कृष्ट पप गायकको अवार्ड जितेका थिए ।
उनले देशको विभिन्न सहरमा भएको गायन, नृत्य तथा विभिन्न फेसन सोहरुमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । एकताका उनको थर्ड मन्त्र फ्यूजन एल्बमले एकताका निकै रुचाइएको थियो ।
ठमेलमा आउने पर्यटकहरु उनको यो एल्बमलाई निकै रुचाएका थिए । उनले केही समय अघ मात्र सोलो एल्वम यो स्वार्थी निकालेका छन् । यहि सोलो एल्बमको विति जाने गीतबाट अवार्ड हात पारेका हुन् । जब म, माया, डाँडापारी, लगाएतका गीत हीट रहेका छन् । रिभेल इभेन्टसका म्यानेजीङ डाईरेक्टर रहेका हमाल विभिन्न सामाजिकक कार्यमा पनि सक्रिय छन् ।
हमालले हालै सम्पन्न चौथो बिएफ डिएरहिल नेशनल क्यापिटल अवार्ड ‘विति जान’ बोलको गीतबाट अवार्ड पाए । जुन गीत यतिखेर निकै चर्चामा छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय