काठमाडौं । नवौं चाइल्ड आइकनको उपाधि युरो स्कुलमा अध्ययनरत सुएलेन फगामी पुनले जितेकी छन् ।
काठमाडौंको जमलस्थित राष्ट्रिय मिडिया ल्याण्डले आयोजना गरेको नवौं चाइल्ड आइकनको उपाधिसँगै उनले १ लाख रुपैयाँ र ५ दिनका लागि सिक्किम, दार्जिलिङ भ्रमणको अवसर पाइन् ।
प्रतियोगितामा सिनियरतर्फ राजश्री गुरुकुलका साइन अमगाइ फस्र्ट रनरअप भए भने सेकेन्ड रनरअपको उपाधि युरो स्कुलकी आयुष खनालले हाँसिल गरिन् ।
सोही प्रतियोगितामा जुनियरतर्फ युरो स्कुलका अर्का बिद्यार्थी आर्जन गेलाल फस्र्ट रनरअप र सेकेन्ड रनरअपमा युरो स्कुलकै आयुशीश्री
घिमिरेले जितेकी छन । फस्ट रनरअप र सेकेन्ड रनरअपका बिजेताहरुले विभिन्न उपहारसहित लुम्बिनी र पोखरा भ्रमणको अवसर जितेका छन् ।
बिगत १० बर्षदेखि आयोजना हुँदै आएको चाइल्ड आइकनको यो नवौं संस्करण हो । यो प्रतियोगितामा सिनियर र जुनियरसहित ८२ जना प्रतियोगी थिए ।
प्रतियोगिताको निर्णायकमा ओलम्पियन तथा तेक्वान्दो खेलाडी दिपक बिष्ट, सशस्त्रप्रहरी बलका प्रहरी उपरिक्षक सुरेश गैरे, कलाकार गजित बिष्ट, संयोग कोइराला, जयन सुब्बा मानन्धर, रोजिन शाक्य, मोडल रजनी थापा, व्युटिसिएन सिता पाठक, शोभा महर्जन रहेका थिए ।
बालबालिकाको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले चाइल्ड आइकन प्रतियोगिता आयोजना गर्दै आएको मिडिया ल्याण्डकी प्रबन्ध निर्देशक प्रतिमा श्रेष्ठले बताईन् ।