बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • यसरी मनाईंदै छ छठको तेस्रो तथा मुख्य दिन
फिचर न्युज 1

यसरी मनाईंदै छ छठको तेस्रो तथा मुख्य दिन

  • सिधा दृष्टी मङ्लबार, कार्तिक २७, २०७५ | November 13, 2018

काठमाडौं । आज छठ पर्वको तेस्रो तथा मुख्य दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा मनाइँदैछ। चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ।
छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसानाको चामललगायतका खाद्य वस्तु प्रयोग गर्न निशेष गरिएको हुन्छ। कात्तिक

शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि शुरु भएको हो।
यसरी मनाइन्छ छठ
तराई–मधेसलगायत मुलुक भरका नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतमा झकिझकाउ पारिएको छ ।आज ब्रतालु तथा परिवारजनले घरघरमा बिहानदेखि लोकप्रिय प्रसाद ठेकुवा, भुसुवा, खाजा भनिने एक प्रकारको मिठाई एवं पुरी तयार पार्छन् । अपराह्न घरको आँगनलाई लिपपोत गर्छन् । आँगनमा बाँसको नांग्लो र ढाकी मिलाएर राख्छन् ।
नांग्लोमा पुजा सामग्री सजाउँछन् । एक पटक घरमै पुजा गरेपछि सामग्रीसहितको नांग्लोलाई पुनः ढाकीमा सजाउँछन् । प्रसाद झर्न नदिनलाई ढाकीलाई सफा कपडाले मजाले बाँध्छन् । त्यसमाथि सावधानीकासाथ बलिरहेको दियो राख्छन् ।
यसपछि नयाँ पहिरनमा ब्रतालुसहित सारा परिवार पुजा सामग्री बोकेर छठ गीत गाउँदै घाटतिर लाग्छन् । लोक आस्थाको यो पर्वको तेस्रो दिन मंगलबार साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बुधबार बिहान ब्रतालु एवं परिवारजनले उदाउँदो सूर्यदेवलाई अर्घ्य दिएपछि छठ पर्व पनि सम्पन्न हुन्छ ।
बिहानीको अर्घ्य लगतै छठ माताको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठानको समापन हुन्छ । अटल सौभाग्यको कामना गर्दै महिला ब्रतालुले एक अर्काको निधारमा रातो टीका पनि लगाइदिन्छन् । बिहानीको पुजापछि अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद माग्न आउनेको घाटमा ओइरो लाग्छ । न दिने थाक्छन्, न त माग्ने नै । प्रसाद बाँड्दा धर्म हुने विश्वास गरिन्छ । त्यसैगरी प्रसाद मागेर खानेलाई पुजा गर्ने जतिकै जति पुण्य हुने धार्मिक मान्यता छ ।
भरपुर आस्थाकासाथ प्रसाद माग्न आउने, बाँडने एवं मुख्य उपासकलाई ढोकेर आशीष लिने क्रम घरदेखि घाटसम्म निरन्तर चल्छ ।
छठको दोस्रो दिन खरना पुजा सम्पन्न भएपछि ब्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ । सूर्यदेवको पुजाकालागि अर्को दिन बेलुकी पख र भोलिपल्ट बिहान घरबाट नजिकैको जलाशय किनारमा पुगेर सूर्यलाई अर्ग दिएपछि मात्रै छठको ब्रत समाप्त हुने गर्दछ ।@nepalijanta

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय