बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • म्याक्रोँद्वारा विश्व नेताहरूलाई शान्तिका लागि पहल गर्न आग्रह
समाचार

म्याक्रोँद्वारा विश्व नेताहरूलाई शान्तिका लागि पहल गर्न आग्रह

  • सिधा दृष्टी आइतवार, कार्तिक २५, २०७५ | November 11, 2018

पेरिस–फ्रान्सले विश्व शान्तिका लागि जनमत सिर्जना गर्न एक भई काम गर्न विश्व नेताहरूस“ग आग्रह गरेको छ ।
प्रथम विश्व युद्धको अन्त्य भएको १०० बर्ष पुगेको अवसरमा फ्रान्सले आयोजना गरेको समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका दर्जनौ“ नेता सहभागी कार्यक्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो“ले भने, ‘विश्व शान्तिका लागि संयुक्त रूपमा पहल गरौँ ।’
उनले थपे, ‘एक आपसमा डर तथा भयको खेलभन्दा विश्वशान्तिका लागि हामी सबैको आशाको बाटो निर्माण गरौँ । यसका लागि संयुक्त

पहलको थालनी गरौँ ।’ उनले अमेरिकामा निर्मित हतियार खरिद् गर्न यूरोपको सुरक्षा बजेटमा पनि वृद्धि गर्न नसकिने बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि म्याक्रो“ले दिएको अन्तवार्तामा उक्त कुरा बताएका हुन् । म्याक्रोँले भने, ‘प्रष्ट रूपमा भन्नुपर्दा मैले यूरोपेली मुलकमा सुरक्षा शीर्षकमा बजेट बढाउने अमेरिकी हतियार किन्ने कुरा आफुलाई ठीक लागेको छैन, यदि बजेट वृद्धि गरियो भने यो हाम्रो स्वायत्तताका लागि मात्रै गरिने छ ।’
गत महिना बेल्जियमले यूरोपियन विमान नकिनेर अमेरिकी लडाकू जेट विमान एफ–३५ किन्ने निर्णयको उनले आलोचना गरेका थिए । यसलाई उनले यूरोपियन सहमतिविरुद्धको काम बताएका थिए ।
प्रथम विश्व युद्ध सन् १९१४ को जुलाई २८ मा शुरू भएको थियो । युद्धमा अनुमानित ९० लाख लडाकुका साथै ७० लाख सर्वसाधारणको ज्यान गएको बताउने गरिन्छ । प्रथम विश्व युद्ध शुरू भएको चार बर्षपछि सन् १९१८ को नोभेम्बर ११ मा समाप्त भएको थियो ।
प्रथम विश्व युद्ध समाप्त भएको अवसरमा फ्रान्सको पेरिसस्थित ‘आर्क डे ट्रिओम्फे’ मा विश्वका नेताहरू जम्मा भई निराश विश्वको आशा जगाएको दिनको सम्झनामा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई विश्वका प्रमुख नेताले सम्बोधन गर्नेछन् । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय