बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • ‘सरकारले अब पिक–अप लिन्छ, गति रकेटको स्पीडमा हुन्छ’
फिचर न्युज 1

‘सरकारले अब पिक–अप लिन्छ, गति रकेटको स्पीडमा हुन्छ’

  • सिधा दृष्टी आइतवार, कार्तिक २५, २०७५ | November 11, 2018

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने घोषणा गरेका छन् ।
आइतबार नेता रायमाझीले सरकारको गति अब विस्तारै गाडीबाट रेल, रेलबाट हवाईजहाज र त्यसपछि जेट विमान हुँदै रकेटको स्पीडमा पुग्ने विश्वास दिलाए । उनले भने,‘अहिले पनि सरकारले आफ्नो गति पहिलो, दोस्रो र तेस्रो गियर थप्दै बढाएर लैजान्छ ।’
उनले थपे,‘यो सरकारकाको पूर्ण समिक्षा गर्ने स्थिति अहिले छैन् । सरकारको कामको बारेमा

आंशिक समिक्षा गर्न सकिन्छ, तर पूर्ण समिक्षा गर्ने अवस्था अहिले होईन् ।’
सरकारलाई काम गर्नका लागि प्रमुख प्रतिपक्षी दलले पनि कुनै अवरोध नगरेको उनले स्पष्ट पारे । रायमाझीले भने,‘सरकारलाई विकास निर्माण र समृद्धिको लागि प्रतिपक्षी दलको पनि पूर्ण समर्थन छ । कुनै अवरोध छैन् । बरु प्रतिपक्षीले सरकारलाई अझै आलोचना गर्नुपर्छ । आलोचना र विरोध गर्न अझै पुगेको छैन् ।’ मुलुक यतिवेला एउटा युगबाट अर्को युगमा प्रवेश गरेको उल्लेख गर्दै उनले भने,‘हामी नयाँ युगमा प्रवेश गरेका छौं । तर, हाम्रो सोच र चिन्तन भने अझैपनि पूरानै छ ।’
उनले नेकपाभित्रको एकता अब चाँडै सम्पन्न हुने पनि विश्वास दिलाए । उनले भने,‘पार्टी मुख्य कुरा विचार र नीतिले चलाउनुपर्छ । नेता केन्द्रित हुनुहुँदैन् । नेकपामा मात्रै होईन, सबै पार्टी नीति र विचारले चल्नुपर्छ ।’ उनले छठपछि जनवर्गीय र पेशागत संगठनहरुको एकता सम्पन्न हुने दाबी गरे । तर, पोलिटव्यूरो, प्रदेशस्तरीय र जिल्ला तहमा भने केही समय लाग्ने उनले जनाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको दाबी गरेका छन् । सरकारको नेतृत्वकर्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रेल कुदाउने, राष्ट्रिय ध्वजाबाहक पानीजहाज चलाउने योजनाहरु सार्वजनिक गरेपनि यी सबै कुराहरु दीर्घकालिन योजना भएकोले अहिले सरकारले त्यतातिर भन्दापनि जनतालाई महँगीबाट बचाउनुपर्ने आवश्यकत्ता रहेको नेता श्रेष्ठको भनाई छ ।
श्रेष्ठले वर्तमान सरकारले जनतालाई दिउँसै रात पार्ने खालका भाषाहरु प्रयोग गरिरहेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री र मन्त्रीहरुले दिउँसै जनतालाई रात पार्ने भाषाहरु बोलिरहेका छन् । यत्रो शक्तिशाली दुई तिहाईको बहुमतको सरकार छ । कांग्रेसले पनि काम गर्न विरोध गरेको छैन् । सरकारलाई राम्रो काम गर्न कुनै अवरोध छैन् । वर्तमान सरकार किन धिमा गतिमा चलेको छ ? मैले बुझ्न सकेको छैन् ।’
वर्तमान कम्युनिष्ट सरकार यतिवेला अन्यौलपूर्ण अवस्थामा रहेको उनको आरोप छ । दुई तिहाईको सरकार भएपनि यसले संघीयता कार्यान्वयन गर्न र प्रदेश सरकारलाई मजबुद बनाउने काम नगरेको उनको आरोप छ । सरकारले अहिलेसम्म राष्ट्रिय प्राकृति स्रोत तथा वित्तिय आयोग गठन नगरेकोमा पनि उनले आक्रोश पोखे । श्रेष्ठले वर्तमान सरकार संघीयतालाई नै असफल पार्ने खेलमा लागेको गम्भिर आरोप लगाए । काम गर्ने शक्ति र वातावरण हुँदाहुँदैपनि वर्तमान प्रधानमन्त्रीले काम नै गर्न नचाहेको उनले आरोप लगाए ।
राष्ट्रिय जनता पार्टीका महामन्त्री एवं प्रदेश सभा सदस्य मनिष सुमनले यो सरकार संघीयताविरोधी रहेको आरोप लगाएका छन् । उनले सरकार पूर्ण रुपमा असफल भैसकेको बताए ।
संघीय कानुन बनाउनुपर्ने बेलामा केन्द्र सरकारले नेपाल प्रहरीलाई निर्देशानात्मक आदेश दिएको भन्दै उनले सरकारको कडा विरोध गरे । ‘यो देशको कर्मचारीतन्त्र संघीयताविरोधी छ’–सुमनले भने,‘अहिले २ नम्बर प्रदेशलाई २५ सय कर्मचारी चाहिएको छ । तर, अहिलेसम्म तीन सयपनि कर्मचारी पुगेका छैनन् । यसो गर्नु भनेको केन्द्र सरकारको प्रदेश सरकारलाई विफल पार्ने कुत्सित मनशाय हो ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय