बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बढ्यो साम्राज्ञीको पारिश्रमिक
मुख्य खबर

बढ्यो साम्राज्ञीको पारिश्रमिक

  • सिधा दृष्टी आइतवार, कार्तिक २५, २०७५ | November 11, 2018

काठमाडौं । पछिल्लो समय निक्कै व्यस्त नायिका सामाग्री राज्यलक्ष्मी शाहको मूल्य ह्वात्तै बढेको छ । उनको पारिश्रमिक अहिले १५ लाख रुपैयाँ पुगेको हल्ला चल्न थालेको छ ।
निर्देशक नवल नेपालका चलचित्र ‘अझै पनि’ मा नायिका सामाग्री रहने भएकी छन् । पुनम गौतमको निर्माण रहने फिल्म आगामी माघ अन्तिम साताबाट ङ्खलोरमा जाने बताइएको अनटाइटल प्रोजेक्ट लामो समयदेखि चर्चामा छ । फिल्ममा अभिनेता पुष्प खड्का अहिलेकी ‘हटकेक’ साम्राज्ञी रहने बताइएको छ । यससम्बन्धमा हालै निर्माता र अभिनेत्रीबीच कागजी सम्झौता भएको छ

। १५ लाख पारिश्रमिकमा अनुबन्ध भएकी उनको जोडी पर्दामा पुष्पसँग बाँधिनेछ । निर्देशक नेपालले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जानकारी दिए ।
निर्देशक नेपालका अनुसार यस चलचित्रमा यसअघि दीपिकाको नाम आए पनि त्यो सत्य थिएन । यस चलचित्रका लागि निर्देशक नेपालले निर्मात्री गौतमस“ग साम्राज्ञीलाई नै लिनु पर्छ भनेर भनिरहेको थिए ।
स्क्रिप्ट र भूमिका मन परेपछि साम्राज्ञीले फिल्म साइन गरेको बताइन्छ । साम्राज्ञी सहरीया युवायुवतीले रुचाएकी अभिनेत्री हुन् । निर्देशक नेपाल पारिवारिक फिल्ममा फिट मानिन्छन् । सहकार्य कस्तो होला ? फिल्म पारिवारिक भएपनि यसपटक आधुनिकीकरणतर्फ जोड दिइएको बताइन्छ ।
यसअघि ‘मंगलम’ मा साम्राज्ञीलाई नवलले निर्देशन गरेका थिए । उता, अभिनेत्री साम्राज्ञी फिल्ममा अनुबन्ध भएपछि निर्मात्री पुनमले ढुक्कको सास फेरेकी छन् । अब उनी फिल्मले लगानी उठाउन गाह्रो नहुनेमा विश्वस्त छिन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय