मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पुसमा राष्ट्रिय पुरुष क्लब भलिबल
मुख्य खबर

पुसमा राष्ट्रिय पुरुष क्लब भलिबल

  • सिधा दृष्टी आइतवार, कार्तिक २५, २०७५ | November 11, 2018

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आगामी पुसमा राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता हुर्ने भएको छ । १ पुसदेखि ७ गतेसम्म पोखरामा प्रतियोगिता सम्पन्न हुने आइतबार आयोजित पत्रका सम्मेलनमा जानकारी गराइएको हो ।
पहिलोपटक काठमाडौं बाहिर संघले आयोजना गर्न लागेको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । यसअघि गत बर्षको फागुनमा भएको एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागिता जनाएको १२ टिममध्ये शीर्ष ८ मा पर्न सफल टिमले लिगमा भाग लिनेछन् । संघले यो प्रतियोगिता गत जेठमा नै गर्ने बताए पनि

सो बेला एसियाडको बन्द प्रशिक्षणका कारण स्थगित भएको थियो ।
आइतबार पत्रकार सम्मेलनमा नेपाल भलिबलका अध्यक्ष मनोरञ्जन रमण शर्मा, राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, महसचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिताका बारेमा जानकारी गराए । सो अवसरमा राष्ट्रिय बाणिज्य बैंकका डिजिएम टेकराज जोशी, मार्केटिङ प्रमुख सुनिता मनन्धर र नेपाल भलिबल संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।
संघले वार्षिक कार्यक्रममध्ये क्लब लिगलाई पहिलोपटक काठमाडौं बाहिर गर्न लागेको हो । प्रतियोगितामा हरेक टिमले तीन जना विदेशी खेलाडीलाई खेलाउन पाउने नियम बनाएको छ । प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैया पाउनेछन् । यस्तै चौ“थो हुनेले २५ हजार रुपैया हात पार्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय