बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • १५ मंसिरभित्र एकीकरण गर्न निर्देशन
फिचर न्युज 1

१५ मंसिरभित्र एकीकरण गर्न निर्देशन

  • सिधा दृष्टी सोमवार, कार्तिक १९, २०७५ | November 5, 2018

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ ।
प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जनाएको हो । उनका अनुसार रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिएको छ । नगर/गाउँमा संगठन कमिटीको गठन गरिएको छ ।
प्रदेशअन्तर्गत रहेका अन्य जिल्लामा रहेका स्थानीय तहको एकतालाई समेत १५ मंसिरभित्र सक्नेगरी सम्बन्धित जिल्ला कमिटीलाई निर्देशनसमेत दिइएको सचिव पोखरेलले जानकारी

दिए । प्रदेश नं ३ मा १३ जिल्ला कमिटी र चार विशेष कमिटी छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले गत ५ असोजमा विशेष परिपत्र जारी गदै प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दै पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिशका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्नुपर्ने जिम्मा दिएका थिए ।
सचिव पोखरेलले परिपत्रानुसार पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने एवं प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेजस्ता कार्यक्रम भइरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय