बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
मुख्य खबर

भारदेउ टिम च्याम्पियन

  • सिधा दृष्टी शनिबार, कार्तिक १७, २०७५ | November 3, 2018

काठमाडौं । आयोजक नेपाल सितोरियो कराते संघ, शाखा डोजो भारदेउले दोस्रो कोन्ज्योसोम खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । भारदेउ ५ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बन्यो ।
ललितपुरको भारदेउमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कांस्यसहित प्रयागपोखरी डोजो दोस्रो भयो । तेश्रो स्थानको काभ्रेले ४ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो ।
प्रतियोगिताको पुरुषमा थिमी डोजोका शिरिष श्रेष्ठ तथा महिलामा आयोजक भारदेउकी अस्मिता तामाङ उत्कृष्ट खेलाडी चुनिए । पुरुष प्रगति

किरण स्कुलका सन्तोष मल्ल तथा महिलामा गंगा जमुना स्कुलकी सुप्रभा थापा उदयीमान खेलाडी घोषित भए । गंगा जमुना स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई कोन्ज्योसोम गाउँपालिकाका प्रमुख गोपीलाल सिङतानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले उद्घाटन गरेका थिए । प्रतियोगितामा १ सय ४० खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक भारदेउका प्रमुख दिलबहादुर घलानले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय