बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • चीन र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता
मुख्य खबर

चीन र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता

  • सिधा दृष्टी शनिबार, कार्तिक १७, २०७५ | November 3, 2018

बेइजिङ, (एएफपी)– चीन भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गरेका छन् ।
उनीहरुबीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगमा केन्द्रीत रहेर छलफल भएको अधिकारीले बताएका छन् । चीन भ्रमणमा जानुअघि पाकिस्तानी प्रधानमन्त्री खानले साउदी अरबको भ्रमण गरेर ठूलो आर्थिक सहयोगको सम्झौता गरेका थिए । पाकिस्तानका लागि चीन पनि पहिलेदेखि नै मुख्य सहयोगी राष्ट्र हो । पाकिस्तानमा चीनको ठूलो लगानी छ ।
दुई देशले चीन–पाकिस्तान आर्थिक करिडोर बनाउँदै छन्

भने ‘बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई)’लगायतका ठूला परियोजनामा पनि चीन र पाकिस्तानले सहकार्य गरेका छन् ।
बेइजिङ्मा भएको दुई शिर्ष नेताको भेटवार्ताका क्रममा दुई देशबीच उर्जा र यातायात सेवा विस्तार गर्ने बारेमा छलफल भएको थियो । भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ प्रधानमन्त्री लि खस्याङलाई पाकिस्तान भ्रमणको निमन्त्रणासमेत दिएका छन् ।
‘चीनको लगानी आकर्षित गरेर नै हामीले देशको विकास गर्न सक्दछौँ, त्यो हाम्रो लागि राम्रो अवसर हुनेछ,’ इमरानले भने । उनले थपे, ‘चीनको सहयोगले मात्रै हामी संमृद्धितर्फ जान सक्दछौँ भने हाम्रो जीवनस्तर र वृद्धिदर पनि बढाउन सक्दछौं ।’
सो अवसरमा चिनियाँ प्रधानमन्त्री लिले पनि दुई देशको सम्वन्ध सकारात्मक रहेको बताउँदै सदाबहार साझेदार भएको टिप्पणी गरे । उनले पाकिस्तान सधै चीनको प्राथमिकतामा रहेको पनि स्मरण गरे । प्रधानमन्त्री खानले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई भने गत शनिबार नै भेट भएको छ । मुलुकको आर्थिक अवस्था नाजिक भएका बेला देशको नेतृत्व सम्हालेका पूर्वविश्व क्रिकेट खेलाडी खानले चिनियाँ राष्ट्रपति सिसँग पनि आर्थिक सहयोगकै बारेमा कुराकानी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय