काठमाडौं । संघिय राजधानीमा बडा दशैको बेला मात्र १३ जनाले ज्यान गुमाएका छन्। उपत्यकामा विभिन्न स्थानमा असोज २४ गते घटस्थापनादेखि कात्तिक ५ गते सोमबारसम्म भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
जसमा ८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाईते भएका छन् । यो वर्ष ५ बर्ष यता कै सबै भन्दा धेरै दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । गत बर्ष दशैको समयमा भएका १ सय
७७ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो। त्यसैगरी २०७३/७४ मा १ सय ४६ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको थियो।
विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ। साथै यस बर्षका दुर्घटनाहरु मुख्य शहरी क्षेत्रमा भन्दा उपत्यकाका काँठ क्षेत्रमा बढी भएको महाशाखाले जनाएको छ।
यसैगरी ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी चलाएका १ हजार ७९ सहित ३ हजार ७ सय ३३ सवारी साधनलाई कारवाही गरेको छ। बढी भाडा लिएका ९ सय ५० बढी ट्याक्सी र बढी भाडा लिने लामो दूरीका सवारी चालक तथा विचौलिया २९ जनालाई प्रहरीले कारवाही गरेको छ ।