बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • हिउँ आँधीमा परेका आठको शव काठमाडौंमा
फिचर न्युज 1

हिउँ आँधीमा परेका आठको शव काठमाडौंमा

  • सिधा दृष्टी आइतवार, अशोज २८, २०७५ | October 14, 2018

पोखरा । गुर्जा हिमाल आरोहणका क्रममा हिम आ“धीमा परेर ज्यान गुमाएका आठ जनाको शव आईतबार काठमाडौं पठाइएको छ ।
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर चार नेपाली र पा“च कोरियालीसहित नौ जनाको निधन भएको थियो । हिउँ आँधीमा परेर संखुवासभा, हटियाका ३९ वर्षीय छिरिङ भोटे, भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पासाङ्बु भोटे, सोलुखुम्बुका फुर्वा भोटे, दक्षिण कोरियाका जहन ली, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन सो

जियोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यही असोज २४ गते राति सुतिरहेको अवस्थामा हिउँ आँधी आएको थियो । शुक्रबार बेलुकी गुर्जा हिमालमा अचानक आएको हिउँ आँधीमा चार नेपाली र पा“च कोरियालीसहित नौ जनाको निधन भएको थियो ।
तालीमप्राप्त उद्धारकर्मीको टोली आधार शिविरमा पुगी छरिएर रहेका शव संकलन गरेका थिए । हेलिकप्टरमा घटनास्थल पुगेका टोलीले चार खेपमा शवलाई गुर्जा पु¥याएका थिए । शवलाई घटनास्थलबाट सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याइएको थियो । सबै शव संकलन पछि आइतबार काठमाडौं पठाइएको हो ।
एउटा शव भने धवलागिरि–१ गुर्जाका २९ वर्षीय नेत्रप्रसाद छन्त्यालको भएकोले उनको शव जिल्ला सदरमुकाममा परीक्षण गरी गाउँमै लगेर आफन्तको जिम्मा लगाइएको छ ।
गुर्जा हिमाल आरोहण गर्न पहिलो टोलीको रुपमा गएको थियो । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जाका अन्य हिमाल आरोहण हुँदै आए पनि यो हिमालको आरोहणका लागि पहिलो पटक टोली पुगेको थियो ।
ट्रेकिङ क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरु हिउँ आँधीमा परेको स्थानमा पुग्न म्याग्दीको सदरमुकाम बेनीदेखि लगभग चार घण्टा गाडी र १३ घण्टा पैदलयात्रा गर्नुपर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय