काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा अन्यत्र कही कतै नपाइने दुर्लभ जीवजन्तु र बोटबिरुवा नेपालमा पाइनु गौरवको विषय भएको बताएका छन् । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रमा अवस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको प्राकृतिक विज्ञान संग्रहालय परिसरमा वृक्षरोपण गर्दै उनले सो कुरा बताएका हुन् । उनले विश्वको नै दुर्लभ जीवजन्तु र बोटबिरुवा नेपालमा भएपनि लोपोन्मुख अवस्थामा रहेकोले त्यस्ता दुर्लभ सम्पदाको संरक्षण गडर्न सुझाव दिए ।
उनले जैविक तथा प्राकृतिक सम्पदाको अध्ययन, अनुसन्धान
गरी तिनीहरूको उचित उत्पादन तथा उपयोग गर्न सके यसले देश विकासमा टेवा प्ु¥याउने विश्वास व्यक्त गरे । उनले जैविक विविधताले मावन जातिको समृद्धिको आधार भएकोले प ियसको संरक्षणमा चासो दिनुपर्ने उनको भनाई थियो ।
उनले नेपाल आफैँमा भौगोलिक तथा प्राकृतिक विविधताले युक्त देश भएकोले यहा“का प्राकृतिक सम्पदा अमूल्य रहेको बताए । उनले भने, ‘प्रकृतिक संग्र्रहालयमा संग्र्रहित स्रोतले नेपाल विश्वकै प्रकृतिको प्रतिनिधित्व गर्दछन् ।’
संग्रहालयलाई केबल जीवजन्तु र बोटबिरुवाको संकलन र संग्र्रह गर्ने थलोका रूपमा विकास नगरी बहुआयामिक उपयोगमा ल्याउन सकेमा नेपालमा पाइने जडीबुटीको अध्ययन, अनुसन्धानमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
संग्र्रहालयको कार्यक्षेत्र विस्तार गरी अनुसन्धान केन्द्रसमेत बन्ने सम्भावना देखिएको बताउँदै उनले संग्र्रहालय भन्ने बित्तिकै सिकाइको केन्द्र भएको जानकारी गराए । प्राकृतिक संग्रहालय प्रकृतिमा यत्रतत्र खोज्नुपर्ने विभिन्न जीवजन्तु र बोटबिरुवाको अध्ययन गर्न समय र स्रोत साधनले नभ्याउने अवस्थामा पनि अध्ययन, अनुसन्धान गर्ने उचित स्थान हुनसक्ने उनको भनाई छ ।
त्यस्तै अध्ययनबाट विभिन्न प्रकारका ज्ञानको उत्पादन गर्न सकिने भएकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी, अनुसन्धानकर्ता, जैविक विविधतासँग चासो राख्ने सम्पूर्ण यस संग्र्रहालय उपयुक्त हुने विश्वास व्यक्त गरे ।
संग्र्रहालयलाई थप व्यवस्थित बनाउन सरकार तयार रहेको बताउFदै उनले त्रिभुवन विश्वविद्यालयस“ग सहकार्य गरेर संग्र्रहालयको सुधारका लागि पहल गर्ने बताए ।
विसं २०३२ मा स्थापित यस संग्र्रहालयलाई नेपाल सरकारले संकटापन्न एवं लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अवैध रूपमा हुने संकलन, ओसारपसार र व्यापारलाई नियन्त्रण गर्न बनेको महासन्धि (साइटिस) को वन्यजन्तु सम्बन्धितको आधिकारिक निकाय तोकेको छ । संग्र्रहालयमा करीब ५५ हजार प्रजातिका जीवजन्तु र बोटबिरुवाका नमूना संग्र्रहित रहेकोे छ ।
संग्रहालयले देश विदेशका वैज्ञानिकका प्रकृतिसम्बन्धी अध्ययन अनुसन्धानका नतिजालाई वैज्ञानिक समुदाय र जनमानसमा पु¥याउने उद्देश्यले सन् १९७७ देखि ‘जर्नल अफ नेचुरल हिस्ट्री म्युजियम’ प्रकाशन गर्दै आएको छ ।