बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
मुख्य खबर

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

  • सिधा दृष्टी शनिबार, अशोज २७, २०७५ | October 13, 2018

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आइसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली टोली शनिबार स्वदेश फर्किएको हो ।
मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए । शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्व भएपछि रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो ।
उपाधिस“गै नेपाल विश्व टी–२० एसिया छनोट समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ

। नेपालसँगै सिंगापुर उपविजेता र मलेसिया पनि शीर्ष तीनमा रहँदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।
विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले कमजोर टोली सम्मिलित प्रतियोगिता भए पनि आफूहरूले जोखिम लिन नचाहेकाले सिनियर ‘ए’ टोली गएको बताएका छन् । उनले प्रतियोगितामा नयाँ र जुनियर खेलाडीहरूका लागि परीक्षण भएको धारणा राखे । साथै अबको प्रतियोगितामा बलिया टोलीविरूद्ध खेल्नुपर्ने र त्यसका लागि अहिलेदेखि नै राम्रो तयारी गर्नुपर्ने बताए ।
कप्तान खड्काले तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका प्रदीप ऐरीको प्रदर्शनबाट सन्तुष्ट रहेको तथा ललित राजवंशीले पनि आफूलाई प्रमाणित गरेको बताए । मलेसियामा भएको प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जितेको हो । नेपालले म्यानमार, थाइल्यान्ड, मलेसिया, चीन र भुटानलाई हराएको थियो भने सिंगापुरविरूद्धको खेल वर्षाका कारण रद्ध भएको थियो ।
एसिया उपक्षेत्रीय छनोट ‘बी’ बाट नेपालसहित मलेसिया र सिंगापुर अर्को चरणमा पुगेका छन् । उपक्षेत्रीय छनोट ‘ए’ बाट युएई, कतार र कुवेत अर्को चरणमा पुगेका छन् ।
एसिया छनोटमा छ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाइसकेको छ । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय