बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछि ः ट्रम्प
मुख्य खबर

कीमसँगको भेटवार्ता मध्यावधि निर्वाचनपछि ः ट्रम्प

  • सिधा दृष्टी बुधबार, अशोज २४, २०७५ | October 10, 2018
President Donald Trump reacts before speaking at a rally at the Phoenix Convention Center, Tuesday, Aug. 22, 2017, in Phoenix. (AP Photo/Alex Brandon)

वासिंगटन, (एएनआई) । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ अनसँगको वार्ता अर्को महिना हुने अमेरिकी मध्यावधि चुनावपछि गर्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्प अमेरिकी सिनेटको मध्यावधि चुनावका लागि आजभोलि प्रचारप्रसारमा देश दौडाहामा छन् । चुनावअघि वार्ताको कुनै सम्भावना नरहेको ट्रम्पले बताए । संयुक्तराज्य अमेरिकाका केही राज्यमा आगामी नोभेम्बर महिनामा सिनेटका लागि मध्यावधि चुनाव हुँदैछ ।
दुवै नेताबीच सिंगापुरमा जुन महिनामा पहिलो शिखर बैठक बसेको थियो । सिंगापुरको पहिलो बैठकमा कीम र ट्रम्पले कोरियाली द्वीपमा

आणविक निःशस्त्रीकरण गर्ने विषयमा कार्य गर्ने सहमति भएको थियो । उक्त बैठकमा उत्तर कोरियाली नेता कीमले सुरक्षाको प्रत्याभूति भएमा आफ्नो मुलुकको आणविक हातहतियार नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
दोस्रो चरणको बैठकका लागि वातावरण तयार गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यसै साता उत्तर कोरिया, दक्षिण कोरिया, जापान र चीनको भ्रमण गर्नुभएको छ । विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेतासँगको वार्ता अत्यन्त सकारात्मक रहेको बताएका छन् । उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएका आर्थिक प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने बताउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय