बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • ‘खरेलले मेरो चरित्र हत्या गर्न खोजे’
फिचर न्युज 1

‘खरेलले मेरो चरित्र हत्या गर्न खोजे’

  • सिधा दृष्टी सोमवार, अशोज २२, २०७५ | October 8, 2018

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।
आफ्नै निवासमा सोमबार सञ्चारकर्मीहरुसँग पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इंगित गरी एक पत्रकारमार्फत रु २० लाखको प्रस्ताव पठाउँदा अस्वीकार गरेको झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताएका हुन् ।
नेता गौतमले भने, ‘खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर रु २० लाख प्रस्ताव गरे । २०

लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? त्यो खरेलले पुष्टि गर्नुपर्दछ ।’ खरेलले आफ्नो आत्मकथामा आफ्नोबारे तथानाम जे पायो त्यही झुटा र असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोजेको भन्दै खरेलले आइजिपीबाट हटाएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको दाबी गरे । खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाएको स्पष्ट पारे ।
‘मलाई खरेललाई हटाउने चाहना थिएन । म गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्दछ भन्नुभएको थियो,’ उनले भने, ‘तर, खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव देखिएन । अनि बाध्य भएर पार्टीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा खरेललाई हटाएको हुँ ।’ खरेललाई नहटाएको भए स्थानीय तहको निर्वाचन हुनै नसक्ने उनको दाबी थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय