बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
मुख्य खबर

‘पुरानो बुलेट’को टीजर

  • सिधा दृष्टी आइतवार, अशोज २१, २०७५ | October 7, 2018

काठमाडौं । नेपाली फिल्म ‘पुरानो बुलेट’को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरमा बुलेट बाइकको स्टण्ट देखाइएको छ ।
फिल्ममा अभिनेता अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको भने उनको अपोजिटमा अभिनेत्रीद्वय वर्षा सिवाकोटी र माला लिम्बु रहेका छन् ।
यस फिल्मलाई पत्रकार भीषण राईले निर्देशन गरेका हुन् । फिल्ममा समसामयिक विषयवस्तुलाई प्रमुखरुपमा उठाइएको बताइएको छ । यो फिल्मलाई आउ“दो मंसिरमा प्रदर्शनमा ल्याउने निर्माण टिमले जनाएको छ ।
फिल्ममा कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका

कलाकारको अभिनय रहेको छ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस फिल्मलाई दीपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय