बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • ‘जनताले राजनीतिक अस्थिरताबाट छुटकारा पाएको छु’
मुख्य खबर

‘जनताले राजनीतिक अस्थिरताबाट छुटकारा पाएको छु’

  • सिधा दृष्टी आइतवार, अशोज २१, २०७५ | October 7, 2018

दमौली । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले नेपाली जनताले राजनीतिक अस्थिरताको दुष्चक्रबाट छुटकारा पाएकोले अब आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बेला आएको बताएका छन् ।
तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका बुबा स्व केवलबहादुर श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिमा आइतबार दमौलीमा आयोजित श्रद्धाञ्जलीसभामा रक्षामन्त्री पोख्रेलले आर्थिक विकास र समृद्धि सबै पार्टीको साझा लक्ष्य भएको पनि जानकारी गराए । उनले भने, ‘जुनसुकै पार्टीमा बाँधिए पनि वा पार्टी बाहिर रहे पनि सबैले आर्थिक समृद्धि र विकासको

लक्ष्य बनाउनुपर्छ ।’ उनले पहिला पहिला नेपालमा नौ/नौ महीनामा सरकार ढाल्ने अवस्था भएको र हाल नेपालले त्यसबाट छुटकारा पाएर एउटा स्थीर सरकार पाएकोले अब विकास र समृद्धिलाई नै मुख्य आधार बनाएर हिड“न सजिलो हुने उनको भनाई थियो । उनले भने, ‘ नेपालले सरकार परिवर्तनको दुष्चक्रबाट मुक्ति पाएको छ, अब नेपाली जनताले स्थीर सरकार पाएको छ ।’  यसको लागी आर्थिक समृद्धिका लागि सबै पार्टी एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकतामा उनले जोड दिए । आर्थिक समृद्धि एकबाट मात्र नहुने हुनाले यसको लागि सहकार्य र सहमतिमा सबै जना आउन उनले सुझाव दिए । ‘हामीले प्रतिस्पर्धा राजनीतिमा ग¥यौँ, प्रतिस्पर्धाको परिणाम पनि हामीले पायौ“ु उनले भने, ‘अब विकास र निर्माणका लागि साझा सहमति र सहकार्य गर्ने, एकताबद्ध भएर अघि बढ्ने अर्को बाटो हुन सक्दैन ।’ उनले चुनावमा जनतासँग गरेका सबै प्रतिबद्धता पूरा गरेर छाड्ने प्रतिवद्धता पनि गरे । उपप्रधानमन्त्री पोख्रेलले भने, ‘अहिले यतिबेला सबै कुरा सलल बगेको जस्तो देखिएन भनेर अन्यथा लिनु जरुरी छैनु उनले भने, ‘हिजो चुनावका बेलामा जुन प्रतिबद्धताहरु गरेका थियौँ, ती सबै कुरा पूरा गर्छौं ।’
उपप्रधानमन्त्री पोख्रेल आइतबार नै व्यास नगरपालिका–५ चापाघाटस्थित कृष्णदल गण र भानु नगरपालिका–१ मा रहेको नेपाली सेनाको बारुदखानाको निरीक्षण गरेका थिए । उनले उक्त गणको स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय