बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • ‘सरकार विप्लवसँग वार्ता गर्न तयार’
फिचर न्युज 1

‘सरकार विप्लवसँग वार्ता गर्न तयार’

  • सिधा दृष्टी आइतवार, अशोज २१, २०७५ | October 7, 2018

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकार तयार रहेको जनाएको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्र्तक्रियामा आयोगका सदस्य सुदीप पाठकले यस्तो बताएका हुन् ।
उनले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग संवाद गर्न चाहेमा आवश्यक वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सरकार वार्ताका लागि गम्भीर छ, हामी पार्टीलाई लिखित पत्र दिएर वार्ताका लागि आह्वान गछौ भन्ने भनाइ सरकारबाट

आएको छ, नेपाल कम्युनिष्ट पार्टीलाई लाग्यो भने वार्ताको वातावरण बन्छ ।’
उनले मानव अधिकारको सवालमा कतिपय कमीकमजोरी हुनसक्ने भन्दै त्यसबाट सच्चिएर अझै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै विचार लिएर जाने स्वतन्त्रतालाई सरकारले रोक्न नहुने बताए । पाठकले राजनीतिक कुरा राजनीतिक रुपमै टुंग्याउन बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिए ।
अधिवक्ता एकराज भण्डारीले २०७२ को संविधान अग्रगामी हुँदाहुँदै पनि व्यवहारमा लागू नहु“दा समस्या उत्पन्न भएको बताए भने नेपाल बार एशोसिएसनका महासचिव खम्बबहादुर खातीले सबै नेपालीको हकअधिकार संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले मानव अधिकार, प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा आँच पुग्ने काम भइरहेको भन्दै यसमाथि गम्भीर अनुगमन गर्न आयोगलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारलाई फौजदारी कानूनअन्तर्गत कारबाही गर्नेगरी आएको कानून नसच्याएसम्म महासंघले आन्दोलन जारी राख्ने जनाए ।
त्यस्तै, प्रजातान्त्रिक कानून व्यवसायी संघका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर केसी, क्रान्तिकारी पत्रकार संघठनका अध्यक्ष प्रकाश डुम्रे, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्दलगायतले मानव अधिकार, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति हुनुपर्नेमा जोड दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय