मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • सरकार श्रमजीविको पक्षमा छ : मन्त्री विष्ट
फिचर न्युज 1

सरकार श्रमजीविको पक्षमा छ : मन्त्री विष्ट

  • सिधा दृष्टी शनिबार, अशोज १३, २०७५ | September 29, 2018

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्तमान सरकार श्रमजीवि जनताको पक्षमा रहेको बताएका छन् । नेपाल इलेक्ट्रिसियन संघको नवौ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रम उद्घाटनपछि उनले विद्युतीय क्षेत्रमा काम गर्ने श्रमिकले अत्यन्त ठूलो जोखिम बहन गरेर काम गर्नुपर्ने बताउँदै ती श्रमिकको सुरक्षा र स्वास्थ्यमा सरकराले यथोचित ध्यान दिने बताए । मन्त्री विष्टले इलेक्ट्रिसियनले प्राप्त गर्ने सेवा, सुविधा र ज्याला तोकिएबमोजिम कार्यान्वयन नभए सरकारले कडाईका साथ लागू गर्ने बताए ।

उनले भने, ‘सरकारले श्रमिक वर्गको अधिकारको रक्षा गर्नेछ, इलेक्ट्रिसियनको सुरक्षा गर्नेछ ।’ उनले बढ्दो शहरीकरणसँगै यस क्षेत्रका प्राविधिकको माग बढ्दै जाने हुँदा धेरै संख्यामा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।
गरीबी, अभाव र बेरोजगारी व्यहोरेको देशलाई सम्पन्न मुलुकका रुपमा परिणत गर्न सीपयुक्त दक्ष जनशक्तिको योगदानको आवश्यकता रहेको बताउँदै उनले भने, ‘हामी देशलाई आफ्नै पौरखले बदल्न चाहेका छौँ, जिन्दगीलाई आफ्नै मेहनतले सिगार्न चाहेका छौं, समाज र देशलाई बदल्नका लागि कर्ममा विश्वास गर्दछौँ, कर्ममार्फत नै हाम्रो भविश्य बदल्छौँ ।’
नेपालीका पौरखी हातले मरुभूमिलाई हरियालीमा रुपान्तरण गर्नका लागि सफल भएको बताउ“दै नेपालमै श्रम गर्ने पौरखी हात नयाँ नेपाल निर्माणका लागि पनि सफल हुने विश्वास व्यरे । इलेक्ट्रिसियनले श्रमप्रति सम्मान जगाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
‘नेपालमा कामलाई सम्मान गर्ने संस्कृति अझै पनि हुर्किन सकेको छैन’ उनले भने, ‘इलेक्ट्रिसियनले सीप सिकेर जोखिम मोल्दै प्रदान गर्नुभएको सेवाले काम गर्नेहरुका लागि नेपालमा पर्याप्त अवसर छ भन्ने पुष्टि गरेको छ ।’
नेपाल विकासको प्रारम्भिक चरणमा रहेको बताउँदै उनले विकासका धेरै क्षेत्रलाई आधुनिक र नयाँ ढंगबाट लैजानुपर्ने उल्लेख गरे । मन्त्री विष्टले भने, ‘२१औँ शताब्दी र दुनिया“को विकासस“ग नेपालको विकासलाई पनि समसामयिक बनाउन पर्याप्त पूर्वाधार निर्माण गर्नुपर्ने छ ।’ उनले भौतिक पूर्वाधारका क्षेत्रमा पर्याप्त ध्यान दिनुपर्ने भन्दै पूर्वाधार जति धेरै निर्माण भए, त्यतिनै रोजगारी सिर्जना हुनेछ । नेपालभित्रै कामको अवसर प्राप्त हुने बताए ।
उनले इलेक्ट्रिसियनले सिकेका सीपलाई नयाँ/नयाँ संरचनासँग मेल खानेगरी अद्यावधिक गर्न जरुरी भएको औँल्याए । आफूले सिकेको सीपलाई वर्गीकरण गरी कामको अवसर प्राप्त हुने व्यवस्था मिलाउन आवश्यक भएको उनको भनाइ थियो ।
मन्त्री विष्टले भने, ‘हाम्रो सीप, पाठ्यक्रमलाई वर्तमानको विकास र आवश्यकता, विज्ञान र प्रविधिको तीव्र विकाससँगै अद्यावधिक गर्नु जरुरी छ । नयाँ /नयाँ प्रविधिको विकाससँगै सीप मेल नखान सक्छ, सीप, दक्षता र तालीमलाई परिमार्जित गर्नुपर्छ ।’
कायक्रममा संघका अध्यक्ष भीमलाल श्रेष्ठले इलेक्ट्रिसियनको सीप तथा दक्षता अभिवृद्धि र पेशागत हकहितका विषयलाई संघले प्रमुखताका साथ उठाएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय