बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • एउटा गीत जसले नेपाली समाजलाई धुरुधुरु रुवायो (भिडियो)
मनोरञ्जन

एउटा गीत जसले नेपाली समाजलाई धुरुधुरु रुवायो (भिडियो)

  • सिधा दृष्टी बिहिबार, अशोज ११, २०७५ | September 27, 2018

काठमाडौं । गायक युवा लोकेन्द्र खत्रीको कलिलो उमेरकै रुचि गीत संगीत क्षेत्रकै हो । उनी बाल्यकालै गीतहरु गुनगुनाउदै आएका थिए। उनले कलिलै उमेरमा ०६२र०६३ साल मै गीतहरु गाउन थाले। उनले आफ्नै लय, शब्द, स्वर, अभिनय, निर्देशनमा पहिलो लोक दोहोरी गीतको रुपमा ‘मायामा कस्को भा छ जीत’ बोलको गीत बजारमा आएपछि उनलाई कलाकारितामा स्थापित हुन मद्दत पुग्यो।

 

हालसम्म २ दर्जन भन्दा बढी आफ्नै लय, शब्द, स्वर, अभिनय, निर्देशन सबै आफैंले गर्दै आएका खत्री पछिल्लो समय निकै लोकप्रिय बन्दै आएका छन्।

उनको २ दर्जन मध्ये सबैभन्दा बजारमा भाइरल भएको ‘चालु रैछे यार’ बोलको डिजे गीतले उनलाई हेर्नेको नजर नै बदली दियो।

 

केही दिन अगाडि बजारमा आएको ‘कालो दिन’ एकल गीतले लाखौं दर्शकलाई रुवाएको छ। स्वरमा असाध्यै मिठास भएकी गायिका शान्तिश्री परियारको एकल आवाज रहेको गीतको एरेन्ज रकेश ओलीको रहेको छ।

 

लय, शब्द, निर्देशन भने लोकेन्द्र खत्रीकै छ। त्यस्तै ‘कालो बादल’ म्युजिक भिडियोको छायांकन उदय सिं बोहराले गरेका छन्। प्रबिन रेश्मी मगरको सम्पादनमा बजारमा आएको उक्त गीत रेकर्ड तरङ्ग रेकडिङ्ग स्टुडियोमा गरिएको हो। अभिनय पनि लोकेन्द्र खत्री, आरती थापाकै रहेको छ।

 

उक्त म्युजिक भिडियोको सह–निर्देशन दिनेश ठकुल्लाले गरेका छन् । म्युजिक भिडियोको अभिनयमा पनि खत्रीकै परिवारका सदस्यहरु रहेका छन्।

 

(हेर्नुहोस् भिडियो)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय