बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
मुख्य खबर

भलिबलको उपाधि एपिएफलाई

  • सिधा दृष्टी शनिबार, अशोज ६, २०७५ | September 22, 2018

काठमाडौं ।  पाँचौं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।
नया“ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा भएको फाइलन खेलमा एपिएफले गण्डकी प्रदेशलाई २५–१९, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै एपिएफले एक लाख, उपविजेता बनेको गण्डकी प्रदेशले ६० र तेस्रो भएको गीताञ्जलि कलेजले ३५ हजार प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित

हुँदै एपिएफका महेन्द्र श्रेष्ठले मोटरसाइकल प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट सर्भर गीताञ्जलिका दौलत सिंह, सेटर एपिएफका दिनेश गिरी, डिफेन्स गण्डकी प्रदेशका राजन दर्लामी मगर, स्पाइकर एपिएफका टेकराज अवस्थी, ब्लकर गण्डकी प्रदेशका हरि पाण्डे, क्वीकर एपिएफका बलिराम चौधरी र प्रशिक्षक एपिएफका ज्ञानेन्द्र विष्ट घोषित भए । उनले जनही रु पाँच हजार प्राप्त गरे ।
शनिबार नै तेस्रो स्थानको खेलमा गीताञ्जलि क्लबले आयोजक ढोरपाटन क्लबलाई २८–२५, ३०–२८ र २५–१५ को सेटमा पराजित ग¥यो । नेपाल भलिबल संघको संयोजन तथा ढोरपाटन क्लबको आयोजनामा ३० भदौदेखि सुरु खेलमा १६ टोलीकोे सहभागिता थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय