शनिबार, मंसिर १०, २०७९ | Saturday 26th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दाङमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ
समाचार

दाङमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

  • सिधा दृष्टी आइतवार, भदौ ३१, २०७५ | September 16, 2018

काठमाडौं । दाङमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, दाङले एउटा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दाङको घोराही–१३, बडहाराका २७ वर्षीय वीरबहादुर चौधरी छन्।

विशेष सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले घोराही १५, बुद्धी ग्यारेज नजिकबाट उनलार्इ पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि पोखरेलले बताए।

चौधरीले पाइन्टको बेल्टमा पेस्तोल लुकाइराखेको अवस्थामा पक्राउ परेका हुन्।

एटोमेटिक पेस्तोल मेड इन यूएसए लेखिएको ६.६५ क्यालिभरको पेस्तोल, म्यागजिन र गोली ४ राउण्ड बरामद भएको गरिएको

छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय