मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
मुख्य खबर

ओसिस र पिपुल्स क्वाटरफाइनलमा

  • सिधा दृष्टी बिहिबार, भदौ २८, २०७५ | September 13, 2018

काठमाडौं । ओसिस र पिपुल्स एकेडेमी छैटौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनल प्रवेश गरेका छन् ।
ओसिसले ग्रिनफिल्डलाई ३९–२० ले पराजित ग¥यो । ओसिसका हरिश शाहीले २० अंक जोडे । पिपुल्सले एपेक्स लाइफलाई ४२–२० ले हरायो । पिपुल्सका अजय घलेले ९ अंक बटुले ।
सिनियर ब्वाइजमै एक्सेल्सियरले होली भिजनलाई ५२–२५, आयोजक रेडिअन्टले न्यु भिजनलाई ४१–२०, जेनिथले लोयल्टी एकेडेमीलाई ३७–१८, एलआरआईले राइजिङ स्टारलाई ४०–२४, निम्सले संस्कृतिलाई ४७–२५ तथा ग्यालेक्सीले नेपाल सेन्ट्रललाई ५७–४३ ले पाखा लगाए

। एक्सेल्सियरका कर्मा निमा गुरुङले १३, रेडिअन्टका उपेन्द्र बस्नेतले ९, जेनिथका विमोर्स महर्जनले १८, एलआरआईका प्रतीक ठकुरीले १०, निम्सका विशाल बुढाथोकीले १४ र ग्यालेक्सीका पुस्कर भण्डारीले २७ स्कोर गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय