मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
मुख्य खबर

नेपालको शानदार जित

  • सिधा दृष्टी बिहिबार, भदौ २१, २०७५ | September 6, 2018

काठमाडौं । साफ च्याम्पियनसिप २०१८ अन्तर्गत नेपालले भुटानमाथि शानदार जित निकालेको छ । बंगलादेशको ढाकामा बिहीबार सञ्चालित खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरमा हराएको हो ।
समूह चरणको दोस्रो खेलमा भुटानविरुद्ध फराकिलो जित निकालेको नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ । तर, बिहीबार नै भएको अर्को खेलमा बंगलादेशले पाकिस्तानलाई १–० ले पराजित गरेपछि अन्तिम खेलमा घरेलु टोलीलाई हराउनै पर्ने दबाब नेपालमाथि थपिएको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । तर, बिहीबार पाकिस्तानलाई

१–० ले हराएको बंगलादेशको ६ अंक भइसकेको छ । अर्कातिर नेपाल समान ३ अंक जोडिसकेको पाकिस्तानले कमजोर टिम भुटानसँग खेल्नेछ । त्यसैले अघिल्लो चरणमा स्थान बनाउन अब नेपाललाई जित्नै पर्ने दबाव छ ।
नेपालको जितमा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले १–१ गोल गरे । पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको हो । खेलको २१औ“ मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुनील बलको कर्नरमा अनन्तले हेडरमार्फत् गोल गरेका थिए ।
दोस्रो हाफको ७०औ“ मिनेटमा पाएको पेनाल्टी बिमल घर्तीमगरले मिस गरेका थिए । विमलको पेनाल्टी प्रहार किपरबाट फर्किएपछि सुनिलले ७१औं मिनेटमा त्यसलाई गोलको दिशा दिएका थिए ।
निराजन खड्कालाई भुटानी खेलाडी निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमलको पेनाल्टीलाई छिरिङ डेन्डुपले रोकेपछि त्यही रिबाउन्डमा सुनिलले गोल गरेका थिए ।
७१औ“ मिनेटपछि निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको थियो । यस्तै खेलको ७६औं मिनेटमा मैदान छिरेका भरत खवासले त्यसको ३ मिनेटमै नेपालका लागि तेस्रो गोल गरे ।
यस्तै खेलको ८८औं मिनेटमा निराजन खड्काले चौंथो गोल गर्दै नेपाललाई फराकिलो अन्तरको जित दिलाए । सुनिलको कर्नरमा नीराजनले हेड गरेका थिए । नीराजन विशाल राईको ठाँउमा ६३औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय