सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ।
आरङ्ग नेपालको आयोजनामा आगामी मङ्सीरको पहिलो साता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको हो।
आरङ्ग नेपालको नेतृत्वमा कर्णाली प्रदेशको राजधानी, कला र रङ्गमञ्चको तीर्थस्थल भनेर चिनिने सुर्खेतमा ७ वटै प्रदेशका कलाकारको सहभागिता हुने गरी नाटक महोत्सव आयोजना गर्न लागिएको आरङ्ग नेपालका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिए।
कर्णाली प्रदेशको लोक नाटक र अभिनयलाई
विशेष टेवा पुर्याउने र देशभर रङ्गमञ्चीय गतिविधिको सन्देश दिन नाटक महोत्सव महत्वपूर्ण हुने वरिष्ठ रङ्गकर्मी गौतमको भनाइ छ।