कैलाली । घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा जियालाल आचार्य निर्बाचित भएका छ्न्।
संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्बाचनमा उनले आफ्ना प्रतिद्वन्दी शेर बहादुर बोहोरालार्इ १२९ मतले पछाडी पार्दै निर्बाचित भएका हुन्।
आचार्यले ३१३ मत प्राप्त गरेका छ्न् भने बोहोराले १८४ मत प्राप्त गरे। त्यसैगरी संघको उपाध्यक्षमा (उद्योगतर्फ) जियालाल प्यानलकै नन्दराम सापकोटा २७३ मत ल्याइ बिजयी भएका छ्न् भने उनका प्रतिद्वन्दी कमल बमले २०४ मत ल्याएर पराजित भए।
त्यस्तै उपाध्यक्ष ९वाणिज्यतर्फ० गणेश
बहादुर सुनार ३१० मत ल्याइ बिजयी भएका छ्न्। उनका प्रतिद्वन्दी शेर बहादुर बोहोरा प्यानलका गयाप्रसाद कठरियाले १६३ मत प्राप्त गरे।
त्यस्तै बस्तुगत (उपाध्यक्षतर्फ) दुर्गा दत्त जैशी (गौतम) ३२७ मत, महासचिवमा धिरेन्द्र कठायत २८२ मत, सचिबमा बल बहदुर विष्ट २५० मत, कोषाध्यक्षमा शेर बहादुर प्यानलका अमृता कडेल बमले २५६ मत ल्याइ निर्बाचित भएकी छ्न्।
यसैगरी संघको सदस्यहरुमा भरत बहादुर साही ३१७ मत, भवानी ढकाल ३०५ मत, यज्ञराज तिवारी २७८ मत, पञ्चराम चौधरी २७७ मत, होम तामाङ २४५ मत, लक्ष्मी चौधरी २४२ मत, पुष्पा शाही २६९ मत, ईन्द्रा कुमारी बुढा २२८ मत ल्याएर बिजयी भएका हुन्।