बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • अर्थमन्त्रीसँग लगानीकर्ता असन्तुष्ट ६ महिना पर्खन आग्रह
मुख्य खबर

अर्थमन्त्रीसँग लगानीकर्ता असन्तुष्ट ६ महिना पर्खन आग्रह

  • सिधा दृष्टी बिहिबार, भदौ १४, २०७५ | August 30, 2018

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले लगानीकर्तालाई ६ महिना पर्खन आग्रह गरेका छन् । बिहीबार पु“जीबजार लगानीकर्ता संघका प्रतिनिधिमण्डलस“गको भेटमा अर्थमन्त्री डा.खतिवडाले यस्तो आग्रह गरेका हुन् ।
भेटका क्रममा अर्थमन्त्री डा.खतिवडाले ६ महिनापछि सेयर बजारमा सुधार आउने हुनाले त्यतिन्जेल पर्खन आग्रक गरेका छन् । उनले अर्थतन्त्रमा पनि सुधार हुन थालेकाले अबको ६ महिनामा सेयर बजार पनि उकालो लाग्ने बताए ।
उनले आफू लगानीकर्तालाई भेटेर फोटो खिच्ने र समाचार बनाउने काममा नलाग्ने बताउ“दै लगानीकर्ताहरु एकजुट भएर आउनसमेत आग्रह गरेका छन्

। विश्वमै सेयर बजारस“ग सम्बन्धित संगठित संस्था नहुने तर दबाब दिने समूह भने हुने भन्दै उनले सबै लगानीकर्ता एकजुट भएर आउ“दा उत्तम हुने बताए ।
मुलुकमा दुई तिहाइ बहुमत प्राप्त सरकार विद्यमान हु“दा पनि सेयर बजार आह्रालो लाग्ने क्रम नरोकिएपछि संघका प्रतिनिधि मण्डल अर्थमन्त्री डा.खतिवडालाई भेट गरेका हुन् । त्यसो त पछिल्ला केही दिनमा सेयर बजारका लगानीकर्ताले अर्थमन्त्री डा.खतिवडा र मन्त्रालयका उच्च अधिकारीलाई भेट्ने क्रम जारी राखेका छन् ।
यसअघि बुधबार मात्र नेपाल पु“जी बजार लगानीकर्ता संघले अर्थमन्त्री डा.खतिवडालाई भेटेर सेयर बजारका बारेमा जानकारी गराएका थिए । त्यस्तै, बुधबार नै नेपाल इन्भेन्टर फोरमका प्रतिनिधि मण्डलले राजस्व सचिव शिशिर ढुंगानालाई भेटेर सेयर बजार लगातार ओरालो लागेको बताएका थिए ।
केही समययता सेयर बजार ओह्रालो लागेपछि कतिपय सेयर दलाल कार्यालयहरु बन्द भइसकेका छन् र केही बन्द हुने तरखरमा छन् । राजधानीबाहिरका कार्यालयहरु त अहिले बन्दप्रायः छन् ।
अर्थमन्त्री डा.खतिवडाले पु“जीगत लाभकरको मुद्दा केही दिनमै टुंगो लाग्नेसमेत जानकारी दिएका छन् । सेयर बजार लगातार ओह्रलो लाग्दै गएको हुनाले यलाई सहयोग हुने गरी हेज फन्ड ल्याउन लागेको बताए ।
लगानीकर्ताले नागरिक लगानी कोष तथा संचय कोषलाई सेयर बजारमा मार्केट मेकरको रुपमा ल्याउन अर्थमन्त्री डा.खतिवडालाई आग्रह गरेका छन् । उनीहरुले बैंकलाई ब्रोकर लाइसेन्स दिन आग्रह गरेका थिए ।
पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सेयर बजार ओरालो लाग्दा धेरै लगानीकर्ता घाटामा छन् र कतिपय लगानीकर्ताहरु यस व्यवसायबाट पलायनसमेत भएका छन् । यही सिलसिलामा नेपाल इन्भेष्टर फोरम, लगानीकर्ता संघ, पु“जी बजार लगानीकर्ता संघ र नेपाल पु“जी बजार लगानीकर्ता संघले भेटेका हुन् । पछिल्लो समय उनीहरुले गभर्नरलाई समेत भेटेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय