आइतवार, मंसिर १८, २०७९ | Sunday 4th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बाढी प्रभावित क्षेत्रबाट हजाराैंको उद्धार
मुख्य खबर

बाढी प्रभावित क्षेत्रबाट हजाराैंको उद्धार

  • सिधा दृष्टी बिहिबार, भदौ १४, २०७५ | August 30, 2018

म्यानमार, (एएफपी)– म्यानमारको बागो क्षेत्रमा अत्यधिक वर्षाका कारण आएको बाढीबाट एक नदीको बाँधमाथिबाटै पानी बग्न थालेपछि यहाँका ६३ हजारभन्दा बढी स्थानीयलाई अन्यत्रै सारिएको छ ।
उनीहरुलाई सो क्षेत्रबाट अन्यत्रै सारिएको र क्षति हुनबाट रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्मी खटाइएको छ । बागो क्षेत्रमा निर्मित उक्त नदीको बाँधलाई नाघेर पानी माथिबाट बगेको छ । बाढी गाउ“तर्फ पस्न सक्ने त्रासका कारण उद्धार शुरु गरिएको हो । उक्त बाँधका कारण झण्डै एक सय गाउँ नै प्रभावित भएका छन् ।
बुधबार

बिहानदेखि आएको बाढीका कारण मुलुकको सबैभन्दा ठूलो राजमार्गसमेत अवरुद्ध भएको सरकारी अधिकारीले जनाएका छन् । उनीहरुका अनुसार अहिलेसम्म उक्त बाँधभन्दा माथिबाट पानी बग्न थालेपछि कम्तीमा ६३ हजार व्यक्ति प्रभावित भएका छन् ।
तर बाढीका कारण जनधनको क्षतिको खबर अहिलेसम्म आएको छैन भने हजारौं विस्थापित भएका र अस्थायी शिविरमा राखिएको छ । तर पनि दुई हप्ताअघि सोही बाँधबाट आएको बाढीका कारण कम्तीमा ३५ जनाको ज्यान गएको थियो । तर यस पटक भने सो स्वार चाउङ बा“ध नाघेर बाढीका रुपमा गाउँ र राजमार्गमा छिरेको अधिकारीको भनाइ छ ।
सो बाढीबाट राजधानी याङ्गुनदेखि माण्डलासम्मको राजमार्गको पुल भत्किएको छ । म्यान्मारका दुई ठूला शहरबाट आवतजावत गर्ने सो प्रमुख पुल भत्किएपछि ती शहरको सम्पर्क टुटेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय