काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा हवाई यात्रुबाहेक अरु सर्वसाधारणलाई जान रोक लगाएको छ।
विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथीभाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ।
काठमाडौंमा हुन गइरहेको बिमस्टेक सम्मेलनमा आउँदै गरेका पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो।
विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिने प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन
गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ।
(विज्ञप्ति सहित)